२३ आश्विन २०८३, शुक्रबार

नेपाली कांग्रेस छाडेर डुडुवाका १६ नेता–कार्यकर्ता एमालेमा प्रवेश मुन्न सिंह ठाकुर र नारायण सिंह ठाकुरसहित १६ जनालाई एमालेमा स्वागत

एसीपी संवाददाता

२३ आश्विन २०८३, शुक्रबार १७:०४ मा प्रकाशित

दिनेश ठाकुर, डुडुवा (बाँके), असोज २३ — बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी १६ जना नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्। नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा उनीहरू एमालेमा समाहित भएका हुन्।

नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीका अध्यक्ष महेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता मुन्न सिंह ठाकुर र नारायण सिंह ठाकुरसहित १६ जनाले कांग्रेस परित्याग गरी एमालेको सदस्यता लिएका हुन्।

कार्यक्रममा नेकपा एमाले बाँके जिल्ला कमिटीका अध्यक्ष निरक गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। एमाले बाँके जिल्ला कमिटीका सचिवालय सदस्य तथा डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मोहन राम मिश्रको विशेष पहलमा कार्यक्रम आयोजना गरिएको थियो।

पार्टी प्रवेश कार्यक्रममा एमाले बाँके जिल्ला कमिटीका उपसचिव किशोर थापा, जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण कुमार लम्साल, पार्टीका सल्लाहकार सदस्यद्वय अशोक थापा र राम थापालगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नवप्रवेशीलाई स्वागत, संगठन सुदृढीकरणमा जोड
कार्यक्रममा नवप्रवेशी नेता तथा कार्यकर्तालाई पार्टीको झण्डा र अबिर लगाएर स्वागत गरिएको थियो। सो अवसरमा एमाले नेताहरूले पार्टीमा प्रवेश गरेका नयाँ सदस्यहरूलाई संगठन विस्तार र सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

नेताहरूले पार्टीलाई थप बलियो, संगठित र गतिशील बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। नवप्रवेशीहरूको सहभागिताले डुडुवामा पार्टी संगठनलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा पनि व्यक्त गरिएको थियो।

नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका १६ जना नेता तथा कार्यकर्ताको यो कदमलाई डुडुवाको स्थानीय राजनीतिक गतिविधिका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x