जसपा अध्यक्ष उपेन्द्रका छोरा पनि चीन एजेन्ट भएको खुलासा
काठमाडौं । चीनप्रति वफादार मानिने जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा पनि चीन पक्षधर रहेको खुलेको छ । बाबुको पदचाप पछ्याउँदै छोरा अमरेन्द्र यादव पनि चिनियाँ पक्षधर बन्न पुगेका छन् ।
हालैका दिनमा अमेरिकी सहायता परियोजना एमसीसी अगाडि बढाउन खोज्दा नेपाललाई ऋणमा चुर्लुम्म डुबाउन चाहेको उत्तरी छिमेकी चीन सक्रिय भएको छ ।
बेल्ट एण्ड रोड बीआरआई परियोजनाअन्तर्गत ऋणमार्फत नेपालमा आफ्नो हालीमुहाली गर्नका लागि अनुदानमा आएको एमसीसी रोक्न लागिपरेको चीनले आफ्ना उच्च नेतामात्र खटाएको छैन नेपालमा रहेका आफ्ना एजेन्टहरु पनि खटाएको छ । जसमा उपेन्द्रका छोरा अमरेन्द्र पनि खटिएका छन् ।
चिनियाँ राजदूत होउ यान्छीसँग राम्रो उठबस र सम्बन्ध भएका, आफ्नो घरमा यान्छीलाई रिसिभसमेत गर्दै आएका अमरेन्द्र अहिले चिनियाँ स्वार्थनुकूल हुनेगरी एमसीसीविरुद्ध सक्रिय भएका छन् । उनले सडक र विद्युत पूर्वाधार विकासका लागि आएको एमसीसीलाई देशलाई अस्थिरता र अराजकताको भुङ्ग्रोमा हाल्ने काम भनेर प्रचारबाजी गर्दै हिँडर्काछन् ।
एमसीसी नभए पनि नेपाललाई केही फरक नपर्ने अमरेन्द्रको तर्क छ । तर यसो भन्दैगर्दा उनी चिनियाँ ऋण परियोजना बीआरआईको भने प्रवर्द्धन गर्दै आएका छन् । एमसीसी नभए पनि फरक नपर्ने तर बीआरआई चाहिँ नेपालमा आउनैपर्ने लाइन अमरेन्द्रले समातेका छन् ।
यसबाट उनी एमसीसीविरुद्ध परिचालित भएको प्रष्ट हुन्छ । चिनियाँ अधिकारीसँग निकट सम्बन्ध भएका अमरेन्द्रले पछिल्ला दिनमा सामाजिक सञ्जालमा भ्रम फैलाउने तरिकाले एमसीसीविरुद्ध सिलसिलेवार लेखिरहेका छन् । यो पनि अमरेन्द्र परिचालनको एक उदाहरण हो ।
मधेसमा चिनियाँ प्रभाव बढाउन, चीनप्रति सकारात्मक धारणा निर्माणमा समेत अमरेन्द्रले काम गरेको निकट जानकारहरु बताउँछन् ।


