१२ कार्तिक २०८३, बुधबार

कोहलपुर नगरपालिका र जानकी गाउपालिकामा जनमत पार्टी बाँकेको मसाल जुलुस प्रदर्शन

एसीपी संवाददाता

१९ माघ २०७८, बुधबार १५:५६ मा प्रकाशित

बाँकेको नेपालगन्ज उपमहानगरपालिका , डुडुवा गाउपालिक,कोहलपुर नगरपालिका तथा जानकी गाउपालिकामा जनमत पार्टी बाँकेले मसाल जुलुस प्रदर्शन गरेको छ ।

किसान अन्दोलनको केन्द्रीय कार्यक्रम अनुसार बाँकेले मंगलबार मसाल जुलुस निकाएको हो । किसानको माँग पूरा माग गर्दै मसाल जुलुस निकालिएको थियो ।

जनमत पार्टी बाँकेको मसाल जुलुस तथा अन्दोलन जारी रहनेछ जब सम्म किसानको माँग पूरा हुदैन तबसम्म अन्दोलन जारी रहने जानकारी संस्थापक नेता रियाज अहमद शेषले जनाएका छन। आजको कार्यक्रम केन्द्रीय कार्यक्रम भएकोले जिल्लामा सबै केन्द्रीय सदस्य सहित जिल्ला नेताहरूको उपस्थितिमा गरिएको जानकारी पार्टीका संस्थापक केन्द्रीय सदस्य युवा नेता इरफान अहमद शेषले जनाएका छन, आजको कार्यक्रममा केन्द्रीय सदस्य महिला नेतृ जोया शेष, जिल्ला उपाध्यक्ष जाबिर हल्वाई, जिल्ला सदस्य मो. फारूक हासमी, जिल्ला सदस्य युवा नेता विके मधेसी ,मेराज दर्जि, खेमराज मौर्या, सलिम अंसारी लगायतको नेताहरूको अगुवाईमा भएको जानकारी केन्द्रीय नेता इरफान अहमद शेषले जनाएका छन, आजको कार्यक्रममा बोल्दै संस्थापक युवा नेता रियाज अहमद शेषले भनेका छन यदि नेपाल सरकार अझै किसानको माग सम्बोधन गरेन भने अब किसान अन्दोलनलाई जिल्ला भरि व्यापक बनाउने छौ जसको जिम्मेवारी नेपाल सरकारले लिइनुपर्छ किनभने किसानलाई सरकारले नै नजरअन्दाज गरिरहेको छ। त्यस्तै केन्द्रीय सदस्य महिला नेतृ जोया शेषले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै भनेका छिन मधेसीको अबको विकल्प जनमत पार्टी मात्र भएको छ किनभने मधेसलाई हालसम्म मधेसीको नाममा धेरै ठगि गरिसकेका नेताहरू सार्वजनिक भइसकेको छ अब त्यस्ता अपराधीहरूलाई किसानहरूले नै लखेट्ने छन, किसान अन्दोलन महिनौं देखि जारी छ तर नेपाल सरकार तथा कृषि मन्त्रीले मधेसी जनताको विरुद्ध भएकोले अब यस्ता अपराधी किसान बिरोधि पार्टीलाई जनमत पार्टीले तह लगाउनेछ।साथै आजको कार्यक्रम विभिन्न स्थानमा भएको जानकारी पार्टी जिल्ला उपाध्यक्ष जाबिर हल्वाईले जनाएको केन्द्रिय सदस्य इरफान अहमद शेषले बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x