१२ कार्तिक २०८३, बुधबार

सूफी विचारधारा माथि हस्तक्षेप गर्ने विरुद्ध भारतीय उलमले अभियान चलाउने

एसीपी संवाददाता

११ फाल्गुन २०७८, बुधबार ०८:२४ मा प्रकाशित

बाँके,११ फागुन।
नेपाली सुन्नी मुस्लिम समुायका विचारमा हस्तक्षेप गर्नहरु विरुद्ध भारतको सुफी विचार उल्माहरुले अभियान चलाउने भएका छन् । सूफी विचारधाराको प्रमुख केन्द्र मानिने भारतको उत्तर प्रदेशमा रहेको दरगाहे आला हजरतका उल्महरुले मंगलबार बसेको बैठकमा निर्णय गरेका छन् । नेपालमा ९५ प्रतिशत मुस्लिम सुफी विचाधाराको रहेकले वर्षौं देखि दरगाहे आला हजरतबाट आस्था र श्रद्धा राख्ने गरेको छन् । बैठक बसेको उल्महरुको अनुसार नेपालमा विगत केही वर्ष देखि विभिन्न समुदायले सुन्नीसमुदायलाई पथविचलित बनाउने प्रयास गरेको छ । उक्त कार्यलाई नियन्त्र गर्न सूफी विचारधाराले नेपालमा अभियान चलाउने दरगाहका प्रमुख सेकेट्री मुफ्ती सलीम नुरीले जानकारी गराउनु भयो। उहाँले भन्नु भयो यस अघि पनि सूफी विचारधारा माथि विभिन्न हस्तक्षेप भएको थियो। जुन इस् वि  १८५६ जन्म भएको सूफी हजरत मुजद्दिद-ए ईस्लाम ईमाम अहमद रजा खान रजी अल्लाह हु त आलाले विभिन्न किताहरु लेखी खण्डन गरिसक्नु भएको छ। त्यस्तै ४ महिना अगाडि दीने ईस्लाम विपरित हुने गरी कादायानी विचारधाराले सुनसरीमा हस्त क्षेप गरी रहँदा दरगाहबाट खटिएको प्रतिनिधि मण्डले मुनाजराको ( प्रतिस्पर्धा) आहवान समेत गरेको थियो। उक्त आहवानलाई कादयानी विचारधाराले स्वीकार नगरेपछि स्थानीयले सूफी विचाधाराप्रति आफ्नो विचारमा फेरबदल गरेनन् । उहाँले बताउनभयो की सुफी विचारधाराले सामाजमा बस्न र उच्च स्तरीय जीवन बिताउन सिकाउने भएको ले पटकपटक हस्तक्षेप भइरको छ । जसकारण उल्मा ले अभियान चलाउने निर्णय गरेको हुन ।

सभामा उपस्थित मौलाना नाशिर कुरैशीले समेत आफ्नो वक्तव्य राख्दै बताए की नेपाली मुस्लिम समुदाय दरगाहे आला हजरबाट जुडेकले उनीहरूको संरक्षण गर्नु दरगाहको कर्तव् हो र हामीले कोरोना काल लगायतको विषम परिस्थिमा सहयोग गरेका छौँ। अहिले सुफी विचारधारा माथि हस्त क्षेप भइरहेको बेला पनि हामी प्रतिनिधि मण्डल सहित अभियानलाई अगाडि बढाउने छौँ। नेपाली सुन्नी मुस्लिम समुदाको शैक्षिक आर्थिक सामाजिक स्तर उकास्न हामी काम गरिरहेको छौं। नेपाल को ७ ओटै प्रदेशमा हाम्रो दरागाहका प्रतिनिधहरुले मदरसा मस्जिद सञ्चालन गरी काम गरिरहेका छन् र भविश्यामा पनि गरी रहने छन् भनी बताउनु भयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x