१२ कार्तिक २०८३, बुधबार

अपराधीक क्रियाकलापमा सलग्न थप एक चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

१२ फाल्गुन २०७८, बिहीबार ०१:४० मा प्रकाशित

काठमाडौं । बैंकिङ कसुरमा संलग्न एक चिनियाँसहित ३७ जना व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले २३ पुरुष र १३ महिलालाई पक्राउ गरेको हो ।

पूरानो बानेश्वरस्थित घर भाडामा लिई सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका ७ बस्ने दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिक चान्ज हु बोले एप्लीकेसन प्रयोग गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक दिनेशराज मैनालीले ल्यापटप ४ वटा र चिनियाँ नागरिकले प्रयोग गरेका २ वटा मोबाइल नियन्त्रणमा लिइएको बताए । चिँनिया नागरिकले ल्यापटपमा एस्से क्रेडिट, फ्रि क्यास, ह्यान्डी लोन, गो लोन, रुपी स्टार, हाइ क्यासमार्फत लोन स्किम प्रयोग गरेको प्रहरीले जनाएको छ ।

यसैगरी मंगलबार भक्तपुरको ठिमी क्षेत्रबाट अर्का एक चिनियाँसहित ८१ जनालाई प्रहरीले गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले एक चिनियाँसहित ८१ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ पर्नेमा ग्राहक र इन्टरप्रेट (अनुवादक) गरेर ४८ जना महिला र चिनियाँसहित ३३ जना पुरुष छन् । उनीहरुले कल सेन्टर सञ्चालन गरेर एप्समार्फत ठगी गर्दै आएका थिए ।

उपत्यकामा पक्राउ परेका दुबै चिनियाँ नागरिकले प्रवेशाज्ञा (भिसा)को दुरुपयोग गरी एप्समार्फत अवैध ढंगले भारतीयहरुलाई ठग्दै गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x