एमसीसी रोक्न काठमाडौंमा बेइजिङबाट नयाँ षडयन्त्र, चौतर्फी विरोध
काठमाडौं । उत्तरी छिमेकी चीनले अमेरिकी सहायता परियोजना एमसीसी रोक्न नयाँ तुरुप फ्याकेको छ । चीनले एमसीसी संसदमा टेबल भएर निर्णायक तहमा पुगेका बेला सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना खोजेको छ ।
सामाजिक सञ्जालमा चिनियाँ महिलालाई वाचिका राखेर चीनले सम्झौतामै नभएको भ्रम फैलाउन थालेको हो । चाइना रेडियो इन्टरनेसनल नेपाली सेवाले चिनियाँ वाचिकालाई नेपाली भाषामा बोल्न लगाई भ्रम सिर्जना गर्नेगरी सामाजिक सञ्जाल फेसबुकमा प्रचार थालेको छ ।
समाचारमा एमसीसी सम्झौता नेपाली कानुनभन्दा उच्च अधिकार प्राप्त भएको र अमेरिकी सेना जुनसुकै बेला नेपाल प्रवेश गर्न सक्ने भनेर प्रचार गरिएको छ । जबकी सम्झौतामा यी प्रवधान छैन । त्यसैगरी नेपाली नेपाली सार्वभौमसत्ताको दुहाई पनि दिइएको छ ।
जबकी महंगो चिनियाँ ब्याजले नेपाली सार्वभौमसत्ता चीनको गुलाम बन्ने अवस्था सिर्जना भइरहेको छ । तर एमसीसी अनुदानमा सार्वभौमसत्ता जोडेर चीनले इमोसनल ब्ल्याकमेल गर्न खोजेको देखिन्छ । त्यतिमात्रै होइन चीनले नेपालका शीर्ष नेतालाई नै सडकमा उतारेको छ ।
झलनाथ खनाल, नारायणकाजी श्रेष्ठका साथै चीनका लागि पूर्वनेपाली राजदूत लिलामणि पौडेललाई मैदानमा उतारेको छ । केही दिनअघिसम्म एमसीसी परियोजना नेपालको विकासका लागि उपयुक्त भन्ने पूर्वमुख्यसचिवसमेत रहेका पौडेलले माओवादी लाइनमा भ्रमपूर्ण प्रचारमा लागेका छन् ।
माओवादीमा सक्रिय भएपछि उनले आफ्नो बिद्धतासमेत दाउमा राखेर एउटा निक्रिस्ट कार्यकर्ताजसरी प्रस्तुत भएपछि पहिले वाहवाही पाएका पौडेलको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।


