१२ कार्तिक २०८३, बुधबार

गिलगिट–बाल्टिस्तानलाई पाकिस्तानको अन्तरिम प्रान्त बनाउनु समस्याको समाधान नभएकाे स्थानीयकाे भनाई

एसीपी संवाददाता

१९ फाल्गुन २०७८, बिहीबार ०६:१८ मा प्रकाशित

गिलगिट-बाल्टिस्तानको गैरकानुनी रूपमा कब्जा गरिएको क्षेत्रलाई पाकिस्तानको अन्तरिम प्रान्त बनाउनुले प्रान्तका जनताको समस्या समाधान नगर्ने भएकाले समस्याहरूको तथ्यहरू बुझेर मात्र समाधानको पहल गर्न सरकारले आव्हान गरेकाे छ।

कुनै पनि क्षेत्रका जनताले आफूलाई वञ्चित महसुस गराएर राज्यको उपस्थिती बलियो नहुने तर्क स्थानीयले दिएका छन्।

युनिस राजाले गिलगिट बाल्टिस्तानको प्रमुख समाचारपत्र बाद(एशिमल)मा लेख्दै यसरी गिलगिट–बाल्टिस्तानका जनताको समस्याको समाधान नहुने प्रतिक्रिया दिए।

‘यो विचार कश्मीरको स्वतन्त्रताका लागि हाम्रा अघिल्ला पुस्ताले दिएको ७४ वर्षको बलिदानको नरसंहार जस्तै हो। बाल्टिस्तानलाई पाकिस्तानको अन्तरिम प्रान्त बनाउने विचार प्रवर्द्धन गर्नेहरूले बलुचिस्तानलाई हेर्नुपर्छ जुन १९७० मा पाकिस्तानको संवैधानिक प्रान्तको रूपमा समाहित भएको थियो र आज ५२ वर्ष बितिसक्यो तर बलुचिस्तानको भाग्य परिवर्तन भएको छैन,’ राजाले लेखेका छन्।

बलुचिस्तान युद्धभूमि र सम्पूर्ण पाकिस्तानको लागि समस्या बनेको उनकाे भनाई थियाे।

‘अर्को ताजा र जीवन्त उदाहरण संघीय प्रशासित जनजातीय क्षेत्र (एफएटीए)को खैबर-पख्तुनख्वामा विलय गर्नु हो। जनताले आँखा खोलेर खैबर-पख्तुनख्वामा विलय भएपछि फाटाका जनताको अवस्था हेर्नुपर्छ। गिलगिट-बाल्टिस्तानलाई पाकिस्तानको प्रान्त बनाउने विचारलाई बढावा दिनेहरू वास्तवमा गिलगिट-बाल्टिस्तानमा चिहान खनेर मृत शरीरहरु खान चाहने गिद्धहरू हुन्,’ उनले थपेका छन्।

आजका शासकहरूले ठूलाहरूले दिएको त्यागको कुनै सम्मान नगरेकाे उनले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x