४ असार २०८३, बिहीबार

मेयरद्वारा आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत

एसीपी संवाददाता

९ असार २०७९, बिहीबार १५:३१ मा प्रकाशित

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको ११ औं नगर सभामा मेयर प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपमेयर कमरुद्दिन राइले बजेट प्रस्तुत गरेका हुन् ।

नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा नगर सभामा सभाध्यक्ष विष्टले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

उपमेयर राईले आगामी आर्थिक वर्षका कुल एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे ।

उक्त सभामा सभाध्यक्ष विष्ट, उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतसहित २३ वटै वडाबाट प्रतिनिधित्व गरेर १ सय १७ जना सभासद सहभागी थिए ।

नियमानुसार हरेक स्थानीय तहले असार १० गतेभित्र नगर सभा गर्नुपर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x