राप्रपा नेपालद्वारा किसान हकहितका लागि आन्दोलन
श्याम कुमार शाहु – नेपालगन्ज बाके = राप्रपा नेपालले आज नेपालगन्जमा किसानहरु लाई मल उपलब्ध गराउन सरकार उदाशिन रहेको प्रदर्शन गरेको छ। मूल्य वृद्धि नियन्त्रण गर किसालहरुलाई सहज रूपमा मलको ब्यवस्थापन गर भन्दै नेपालगन्ज बिरोध प्रदर्शन गर्दै मसाल जुलुस गर्दै प्रदर्शन गरेको हो ।
नेपालगन्ज स्थित महेन्द्र पुस्तकालय नजिकै बाट शुरु र्याली त्रिभुवन चौक हुँदै बीपी चौक सम्म मसाल जलुस प्रदर्सन गरिएको आयोजकले जनाएको छ । जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंहको नेतृत्वमा आज बिरोध प्रदर्शन भएको हो । अध्यक्ष सिंहले भने की आज हामी पचास जना छौँ सरकारले कमजोर ना ठाने हुन्छ यदि यस्तो भएको भए भने हामी भोलि ठुल्लो अन्दोलन गर्ने बाध्य हुने छौँ । अहिले नेपालमा नेपाली किसानहरुको लागि कुनै ठोस पहल नगरेको भब्दै बिरोध जनाएको हो । अहिले कृषि मन्त्रीको समेत चरम लापरबाही देखिएको हो कृषि मन्त्रीले यसको नैतिक जिम्मेवारी लिनु पर्ने एक जना नेताले बताए । आजको अवस्थामा खेती सरकार ध्यानाकर्षण नगरे हामी कडा आन्दोलन गर्न बाध्य हुने छौँ । बिरोध र्यालीमा नेपालग्न्न्ज उपमहानगरपालिकाका ८ का पुर्ब अध्यक्ष सुरेन्द्र गुप्ता बैश्य सहित नेता कार्यकर्ताहरु सहभागिता रहेको थियो । 




