५ असार २०८३, शुक्रबार

किन चौधरीले एमाले छाडे?

एसीपी संवाददाता

१२ असार २०७९, आईतवार ०९:०९ मा प्रकाशित

काठमाडौं । नेकपाका एक मात्र डलर अर्बपति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीलाई २०६४ सालमा नेकपा एमालेले समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनाएको थियो।

तर, एमालेबाट सभासद भएको १० बर्षपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरे। उनले एमाले किन छाडे? आजसम्म पनि प्रश्न उब्जिन्छ। तर, उनले शुक्रबार राजनीतिक विटमा काम गर्ने पत्रकारहरुसँग कुरा गर्दै उनले यसबारे मुख खोलेका छन्।

किन चौधरीले एमाले छाडे? 

२०७० सालमा एमालेले मलाई शशांक कोइरालाविरुद्ध चुनाव लड्न टिकट दिएको थियो। तर, मैले अस्वीकार गरिदिएँ। शशांक त्यो क्षेत्रबाट २ पटक चुनाव लडिसक्नुभएको थियो। तेस्रो पटक लड्ने उहाँको तयारी थियो। कोइराला परिवारसँग मेरो बुवाहरुको पनि राम्रो सम्बन्ध थियो। शशांक डाक्टर हुँदादेखि नै मेरो उहाँसँग राम्रो सम्बन्ध थियो।

त्यसकारण उहाँविरुद्ध म किन चुनाव लड्नुरु एमालेले हारे विनोद चौधरी हार्ने हो जिते एमालेले शशांक कोइरालाई हरायो भन्ठान्ने थियो। मैलाई एमालेले टिकटको अफर गरेपछि शशांकलाई भेटेरै यस विषयमा जानकारी गराएको पनि हुँ। उहाँलाई भेटेर मैले तपाईसँग चुनाव लड्दिनँ, तपाईलाई मेरो पूरा समर्थन रहन्छ भनेको हुँ।

अहिले पनि मेरो पूरा समर्थन शशांक डा. साबलाई छ। पार्टीले अर्कै निर्णय गरे पछि हट्दिनँ। हाम्रो जिल्लामा २ वटा निर्वाचन क्षेत्र छन्। एउटामा कांग्रेसले हारेको छैन, अर्कोमा जितेको छैन। तर, म पार्टीले निर्णय गरे जहाँ पनि चुनाव लड्न तयार छु।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x