५ असार २०८३, शुक्रबार

बामदेवले गरे नयाँ दल घोषणा,‘नेकपा एकता राष्ट्रिय अभियान’

एसीपी संवाददाता

१६ असार २०७९, बिहीबार ०६:२० मा प्रकाशित

काठमाण्डौ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । काठमाण्डौमा आज मङ्गलवार एक कार्यक्रम मार्फत नेता गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा एकता राष्ट्रिय अभियान) दल घोषणा गरेका हुन् । दलको संयोजकमा स्वयम् वामदेव गौतम छन् भने सचिवमा डीबी कार्की रहेका छन् ।

गौतमको नेकपा एकता राष्ट्रिय अभियान दलमा ७५ जना केन्द्रिय सदस्य र २२ जना राष्ट्रिय परिषद सदस्य रहेका छन् । जस्मा २१ जना केन्द्रिय सल्लाहाकार समिति पनि गठन गरिएको छ । ६३ जिल्लाको प्रतिनीधित्व भएको उक्त दलमा समाजबादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजबादी पार्टी, नेकपा राष्ट्रबादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि एकीकरण भएका छन् ।

नेता गौतमद्धारा घोषित नयाँ दलमा उनकै गृह जिल्लाबाट तुलसा थापा, हरिसदेव गौतम, दिपक टमटा, प्रवेश महत, तोफा यादव, र ज्ञानुमाया रिजाल गरी ५ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरेका छन् । भने छिमेकी जिल्ला बाँकेबाट कमल बस्नेत, डोलराज अर्याल, मोहम्मद शेर बागवान र रुबी खान गरी ४ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरेका छन् । दल घोषणा गरेको मितिदेखि आगामी ३ महिनासम्म सबै बामपन्थीहरुलाई एकतामा ल्याउने प्रयास रहने र यो प्रयासले सफलता पनि पाउनेमा आफुहरु विश्वस्त रहेको सचिव डिवी कार्कीले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x