५ असार २०८३, शुक्रबार

बहुमत ल्याउनका लागि तालमेल आवश्यक : महामन्त्री थापा

एसीपी संवाददाता

५ श्रावण २०७९, बिहीबार १७:१६ मा प्रकाशित

काठमाडौँ, । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न संघीय र प्रादेशिक निर्वाचनमा बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको बताएका छन् ।

आज नेपाल प्रेस युनियन चितवनले आयोजित गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तालमेल के का लागि गर्ने भन्ने विषयमा पहिले नै टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

उनले भने, “तालमेल के का लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ ।”  तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उनले स्पष्ट पारे । उनले भने, “यी कुरामा समझदारी हुँदैन भने तालमेल नगरेकै राम्रो ।” न्यूनतम समझदारी नबनी तालमेल गर्दा निर्वाचन जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उनको भनाइ छ । “तालमेलमा रहेका दलहरुमा खाली सिटको बाँडफाँट हुने ।

निर्वाचन जित्ने कुरालाई मात्रै ध्यान दिने, निर्वाचन जितिसके पछि आ–आफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा पर्दोरहेछ भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीको २०७४ सालको निर्वाचनबाट देखेका छौँ । उनले भने, “निर्वाचनमा एउटा पार्टीले एक्लै लड्दा बहुमत ल्याउने अवस्था छैन ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x