२० आश्विन २०८३, मंगलवार
स्वीट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै ३ अंक पायो
कतारमा जारी विश्वकप फुटबलको समूह ‘जी’ को पहिलो खेलमा स्वीट्जरल्याण्डले क्यामरुनलाई पराजित गर्दै ३ अंक जोडेको छ । स्वीट्जरल्याण्डले आज साँझ भएको खेलमा क्यानरुनमाथि १–० को जित निकालेको हो ।
खेलको ४८ औं मिनेटमा ब्रेल इम्बोलोले निर्णायक गोल गरेका हुन् । खेलमा दुवै टिमले बराबर जसो बल आफ्नो नियन्त्रणमा लिएका थिए ।
स्वीट्जरल्याण्डले ३ तथा क्यामरुनले ४ वटा गोलका लागि प्रहार गरेको थियो । स्वीट्जरल्याण्डले १० तथा क्यामरुनले पाँच वटा कर्नर हानेको थियो । खेलका क्रममा स्वीट्जरल्याण्डले २ तथा क्यामरुनले १ वटा पहेँलो कार्ड पाएको थियो ।
यो सँगै समूह ‘जी’मा स्वीट्जरल्याण्डले जितसँगै शुरुआत गर्दा क्यामरुनले हारको सामना गरेको छ । यो समूहमा ब्रजिल र सर्बिया पनि रहेका छन् ।
Subscribe
Login
0 Comments


