२२ आश्विन २०८३, बिहीबार

विश्वकप फुटबल: स्वीट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

एसीपी संवाददाता

१७ मंसिर २०७९, शनिबार ०७:४५ मा प्रकाशित

काठमाडौं । स्वीट्जरल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

शक्रबार राति स्टेडियम ९७४ मा भएको खेलमा सर्बियालाई ३–२ गोल अन्तरले हराउँदै स्वीट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको हो।

स्वीट्जरल्यान्डका लागि शेरदान शाकिरीले २० औं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए।

सर्बियाका लागि खेलको २६ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै खेललाई बराबरीमा फर्काए।

३५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए। त्यसको नौ मिनेटमै खेलको ४४ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्वीट्जरल्यान्डलाई २–२ को बराबरीमा फर्काए।

त्यसपछि खेलको ४८ औं मिनेटमा रिमो फ्रयुलेरले गोल गर्दै स्वीट्जरल्यान्डलाई ३–२ गोल अन्तरको जित दिलाएका हुन्।

जितसँगै स्वीट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

स्वीट्जरल्यान्डले ३ खेलमा ६ अंक जोडेको छ भने ३ खेलमा १ अंक जोडेर सर्बिया विश्वकपबाट बाहिरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x