२३ आश्विन २०८३, शुक्रबार

साउदी अरबमा किन भईरहेको छ रोनाल्डोको आलोचना ?

एसीपी संवाददाता

१८ माघ २०७९, बुधबार ०७:१४ मा प्रकाशित

साउदी अरबको क्लब अल नासारमा अनुवन्धित भएपछि पहिलो खेलमै पराजित हुँदा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो आलोचना हुन थालेको छ।

साउदी पुगेपछि दुई खेल खेल्न नपाएका रोनाल्डोको डुब्यु खेलमै अलनसार हारेपछि उनको आलोचना भएको हो। साउदी अरेबिया सुपर कपमा अलनसार अल इतिहादसँग ३–१ ले पराजित भएको थियो।

खेलमा रोनाल्डोले पाएको अवसरको सदुपयोग गर्न नसक्दा टोलीले हार व्यहोरेको भन्दै यसअघि पनि उनको आलोचना भएको थियो। रोनाल्डोको लागि साउदीमा पुगेपछि पहिलो उपाधि उचाल्ने सुन्दर मौका थियो तर उनले त्यसलाई सदुपयोग गर्न सकेनन्।

टोलीका अन्य खेलाडीले पनि आफूले पाएको अवसर सदुपयोग गर्नुभन्दा रोनाल्डोलाई नै पास दिँदा पनि गोल निस्किन नसकेको भन्दै अन्य खेलाडीको पनि आलोचना भएको थियो। अल नासारको हारपछि समर्थकहरुले रोनाल्डोको जर्सीमा स्टम्पिङ गरेको भिडियो अहिले भाइरल भइरहेको छ।

अल नासारको हारपछि टोलीका निर्देशक समेत निराश देखिएका थिए। अल नासारका प्रशिक्षक रुडी गार्सियाले पनि रोनाल्डोले आफ्नो टोलीका लागि सुपर कपको उपाधि जित्ने महत्वपूर्ण मौका गुमाएको बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x