२४ आश्विन २०८३, शनिबार

बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन

एसीपी संवाददाता

२१ माघ २०७९, शनिबार १२:३५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले अदालतमा विचाराधीन मुद्दाका अभियुक्त सन्दीप लामिछानेको नेपाल क्रिकेट संघ क्यानले निलम्बन फुकुवा गर्नु गलत भएको बताएका छन् । सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले ‘बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न’, भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘एक साताअघि नै यो प्रसङ्ग आउना साथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ । उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो । तर त्यसो हुन सकेन।’

नेता थापाले क्यान अध्यक्ष चतुरबहादुर चन्दले लिएको निर्णय गलत भएको भन्दै तत्काल फिर्ता लिनुपर्नेमा जोड दिएका छन् । उनले लेखेका छन्, ‘पुनः दोहोर्‍याउन चाहन्छु – बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ। नो इफ नो बट ।’ हाम्राकुरा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x