२३ आश्विन २०८३, शुक्रबार

नेपाली क्रीकेटमा पाकिस्तानी नजर

एसीपी संवाददाता

२३ माघ २०७९, सोमबार १६:०६ मा प्रकाशित

सन्दीप लामिछानेलाई किन भेटे पाकिस्तानी क्रिकेटरले ?

काठमाडौं । पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाल आएर सन्दीप लामिछानेसहितका राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका छन् ।

आइतबार बेलुकी नेपाल आइपुगेका उनले आज सोमबार बिहान राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भेटेका हुन् । ‘हामीले बिहान रिजवानसँग भेट गरेका छौं,’ एक खेलाडीले भने ।

आइतबार नै बेलुकी रिजवानले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेट्दै नेपाली क्रिकेटका बारेमा छलफल गरेका थिए ।

आफूहरुबीच निकै छोटो अनौपचारिक भेट भएको अध्यक्ष चन्दले अनलाइनखबरलाई जानकारी दिएका हुन् ।

रिजवानले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई भेट्ने मनासाय आफूसँग राखेको चन्दले बताए । ‘सन्दीप बाहिर जान नपाउने भएकाले उनलाई भेट्न आएको रिजवानले बताएका थिए’, चन्दले भने ।

बलात्कार आरोप लागेका सन्दीप विदेश जान नपाउने शर्तसहित अदालतको आदेशमा धरौटीमा छुटेका छन् र उनलाई क्यानले राष्ट्रिय टिममा समावेश गरेका छ । जसको सर्वत्र आलोचना भइरहेको छ ।

निक्कै छोटो समयका लागि नेपाल आएका रिजवान आजै १२ बजे फर्किएका छन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x