काङ्ग्रेसको आयोजनामा निशुल्क स्वास्थ्य शिविर
नन्दलाल साहु फागुन १० गते नेपालगन्ज ।
शनिबार डुडुवा गाउँपालिका पाँच नम्बर वडा कम्दीमा रहेको नेराप्राबिमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
स्वस्थ्य शिविरको संचालन नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र नम्बर २ बाकेको आयोजनामा भएको हो।पुर्व प्रधानमन्त्री तथा पार्टी सभापति स्वर्गीय सुशील कोइराला ज्यूको पाँचौ स्मृति दिवसका अवसरमा शिविरको आयोजना गरिएको थियो ।
शिविर कार्यक्रममा प्रमुख अतिथि शेखर कोइराला विशिस्ट अतिथि किरण कोइराला क्षेत्रीय सभापति रमेशकुमार गुप्ता संयोजक प्रदीप शाह रहेको निशुल्क स्वस्थ्य शिविरमा ९२३ जनालाई सेवा प्रदान गरिएको छ।
स्वस्थ्य शिविरमा उपचार गराएका ९२३ जना मध्य आँखा उपचार तर्फ चार सय ५७ जना लाई जाच गरिएको छ।जसमा ६८जना लाई फत्ते बाल आँखा अस्पतालमा रिफर गरिएको छ।यसैगरी कान तर्फ दुई सय ७५ जनाको उपचार सेवा प्रदान गरिएको छ।बिर्नोज कान स्वस्थ्य सेहार केन्द्रले रिफर गरिएको २६ जनालाई पच्चीस प्रतिशतको छूट दिने बताएको छ भने महिला सम्बन्धि रोगका ९७ रोगीहरुको उपचार महिला एवं स्त्रीरोग विशेषज्ञबाट उपचार गराइएको छ। आँखा अप्रेसन उपचारका लागि सक्दो सहयोग गर्ने,हाल आँखा अप्रेसन उपचार खर्च सात हजार रहे पनि छूट सहितको मात्र चार हजारमा अप्रेसन खर्च लिने भनी आँखा अस्पतालका प्रमुख कौशल बर्मा ले प्रतिबद्धता जनाएको शिविर संचालनको संयोजक प्रदीप शाहले बताएका छ्न।