कोरोना रोकथामका उपाय र अबको रणनिति
जिबि क्षेत्री,नेपालगंज / nepalgunjunitedhospital@gmail.com
विश्व भरी कोरोनाको कहरले करीव ५० लाखमानिस संक्रमित भैसकेका छन् भने करीब ३ लाख २२ हजारले आफ्नो ज्यान गुमाई सकेका छन् । नेपालको सन्दर्भमा संक्रमितको संख्या ६ सय कटेको छ भने नेपालमा ३ जनाको मृत्यु भैसकेको छ ।
परिक्षणको दायरा बढाउदै जादाँ संक्रमितको संख्या पनि बढ्दै गएको छ । यसले हामीलाई प्रष्ट देखाउँछ कि यो आइस बर्ग जस्तै हामीले सानो टुप्पो मात्र देखेका छौ र भित्रभित्रै संक्रमितको संख्या थुप्रै रहेको छ । बाँकेमा मात्र संक्रमितको संख्या करीब एक सय भन्दा माथी पुगेको छ । यहाँ सम्म पुग्दा भयावहको अवस्था आउन थालेको छ । यसले हाम्रो स्वास्थ्य क्षेत्रको विकास, स्थिति र तयारीलाई उजागर गरिदिएको छ । एक तर्फ रोगको संक्रमणको डर आम समुदायमा भन्दा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अलि सचेत जनमानसलाई बढि लागेको देखिएको छ भने अर्को तर्फ यो समयमा हामीले हाम्रो स्वास्थ्यमा रहेका कमी कमजोरीलाई सुधार गर्ने अवसर पनि हो । यसका लागि अब प्रत्येक व्यक्ति, कर्मचारी, संस्था, समाजका सवैजनाले आफ्नो जिम्मेवारीबाट नपन्छिएर, कर्तव्यबोध गर्दै सहकार्य गर्न अपरिहार्य छ । समाजमा घटेका केहि अमानविय घटनाले भने परिस्थिति बढि गम्भिर बनाएको छ ।
यसमा पनि सम्पुर्ण स्वास्थ्यकर्मीले उचो मनोवलका साथ, अझ धेरै यो रोगको बारेमा जानेर, बुझेर र सहि मात्रामा सुरक्षाका साधनहरु सावधानी साथ अपनायमा बाँच्न र बचाउन सकिन्छ भन्ने बुझ्न र अरुलाई पनि बुझाउन जरुरी रहेको छ । साथ साथै संसार भरीनै प्रयोग हुने एन ९५ माक्स, पि.पि.इ, स्वानिटाइजरहरु नै हुन तसर्थ ३ वटै सरकारको जिम्मेवारी हाल प्रयाप्त मात्रा मायी अत्यावस्यक सामाग्रीहरुको यथोचित व्यवस्था गर्नु हो । साथै आम जनताले पनि यो रोग नजिको संम्पर्कले सर्ने हुदाँ विज्ञहरुको सल्लाह र सरकारले लगाएका सम्पुर्ण नियमहरुको पुर्ण रुपले पालना गर्नु पर्छ भन्ने बुझ्न जरुरी छ ।
हाल सम्म यस रोग संग लड्न स्थानियतहहरुले क्वारेन्टाइनको व्यवस्थापन,नाका बाट आउने जानेलाई खाना, खाजा तथा पानिको व्यवस्था, सर्वसाधाहरणलाई राहात सामाग्रीको वितरण, स्यानिटाइजेसन, संक्रमीतहरुको खोजिगर्ने कन्ट्याक ट्रेसिङ, हेल्थ डेक्स संचालन, अत्यावश्क सामाग्रीहरुको वितरण, स्थानीयतहमा रहेका स्वास्थ्यकर्मीको परिचालन र केहिले आइसोलेसन गृहको व्यवस्थापन पनि गरिरहेका छन् जो हालका स्थानियतहको क्षमता भन्दा मथिको कुरा हो । अब भने स्थानियतहमा रहेका स्वास्थ्यकर्मी(सि.अ.हे.व, ज.स्वा.नि,हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अ.हे.ब, अ.न.मी), स्रोत र सामाग्रीले नपुग्ने स्थिति आउन थालेको देखिन्छ । हाल बाँकेको नरैनापुरको अवस्थाले यसलाई प्रस्ट पारिसकेको छ । एउटा जिल्लामा करिव सय भन्दा माथी संक्रमित मात्र हुदाँ त उचित व्यवस्थापन र उपचारमा कठीन अवस्था देखिन थालेको छ भने अन्तराष्ट्रिय डाटा हेर्दा ३ प्रतिशत मात्र मानिस संक्रमित भए भने ९ लाख मानिस संक्रमित हुने देखिन्छ, त्यसमा १ प्रतिशत मात्र जटिल अवस्थाका विरामी भएमा हामीलाई १ लाख आइसियू बेड र भेन्टिलेटर जस्ता अत्याधुनिक उपकरणको जरुरी देखिन्छ तसर्थ अबको अगाडीको बाटो निकै कठिन छ । यसको कारण हाम्रो स्वास्थ्य क्षेत्रमा दुरदर्शिताको कमी, स्वास्थ्य कसैको प्रार्थमितामानपर्नु, वानबन्नु, विकासका बजेट अन्य क्षेत्रमा पर्नुनै हो । हाल भेरी अस्पतालमा डाक्टरहरुमा र स्वास्थ्यकर्मीमा एकजुट भएर अगाडी बढ्नु पर्ने सहकार्यको कमी देखिन्छ भने मेडीकल कलेज अन्य रोगको उपचार गर्ने कुरा राख्दै टार्ने खोजे जस्तो देखिन्छ ।
अब भने कोरोना संग लड्न सवै तहतप्का, सरकारी, निजि, समुदायले मिलेर अगाडी बढ्नुको विकल्प छैन । हाम्रो जिवन रहयो व वाच्यौ भने मात्र अगाडी बढ्ने हो सवै चाहिने हो । सवैले ठुलो सोच बनाएर, दुरदर्शी भएर अगाडी बढ्यौ भने मात्र हालको समस्या समाधान हुने छ साथ साथै स्वास्थ्य क्षेत्रका कमी कमजोरीहरु पनि पुरा हुदै जाने छन् । हालकालागि रणनिति यस प्रकार हुँन जरुरी देखिन्छ ।
१) सर्वप्रथम, प्रदेश तथा संघिय सरकारद्धारा दशगजा सुख्खाबन्दरगाहमा कम्तिमा २००० जनालाई राख्न सकिने क्वारेन्टिनको स्थापना सधैका लागि हुने गरि बनाउन जरुरी रहेको छ । हाल, पशु, प्लान्ट क्वारेन्टिन रहेको तथा मानिसका लागि क्वारेन्टाइन प्रचलन हराइसकेको छ । तर आउने दिनहरुमा यसको जरुरी रहेको छ ।
२) हाल भारत बाट आएकालाई विशेष निगरानी गर्नु पर्ने भएकोले चोरी बाटो बाट आउँनेलाई सहज आउने वातावरण बनाउन आवश्यक रहेको छ । लुकीछिपि आउनेहरुले समाजमा अझ भयाभय अवस्था ल्याउन सक्ने भएकोले यस समस्याको समयमै समाधान गर्न जरुरी रहेको छ ।
३) मेडिकल कलेज वा भेरी अस्पतालमा (५०० बेडको बनाई)आइसोलेसन अस्पतालको रुपमा जटिल विरामीलाई व्यवस्थापन गर्ने अन्य लक्षण नदेखिएका विरामीका लागि हालखालि रहेको महेन्द्रनगर (स्थानिय विकास प्रशिक्षण केन्द्रको भवन) वा औधोगीक क्षेत्र वा कुनै ठुलो भवन (कम्तिमा ५०० जनालाई राख्न सक्ने) लाई लिएर व्यवस्थापन गर्ने । त्यस्ता आइसोलेसनमा १–१ बटा एम्बुलेन्स २४ सै घन्टाका लागि तयारी अवस्थामा राख्ने । साना–साना ठाउँ वा अस्पताललाई आइसोलेसन गराउँदा व्यवास्थापन तथा स्वास्थ्यकर्मी खटाउन कठिन हुनेछ ।
४) नेपालगञ्ज सहज समयमा र खर्चिलो औषधी उपचारका निम्ति मात्र मेडिकल हवहोइन जटिल अवस्थामा पनि उपचार गर्न सकिने हवको रुपमा विकास गर्नु पर्नेमा यो अवसर हो ।
५) पश्चिम क्षेत्रमै सवैभन्दा धेरै डाक्टर, नर्स र अन्य पारामेडिक्सहरु भएको, त्यस प्रकारका प्राविधिक शिक्षाका लागि विध्यार्थीहरु रहेको स्थानहो । त्यसैले एम.वि.वि.एस, नर्सिङ्ग, एच.ए, ल्याब पढ्नेलाई शिक्षालयबाटै प्रयोगात्मक शिक्षाका लागि खटाउन आवश्यक छ । साथै सम्पुर्ण निजि अस्पताल, पोलिक्निक र स्वास्थ्य संस्थाहरुका कर्मचारीलाई खटाउने बृहत योजना सहित अगाडी बढ्न जरुरी रहेको छ ।
६) निजि अस्पतालका डाक्टर, नर्स, पारामेडिक्सलाई भेरी अस्पतालका आ–आफ्नो क्षेत्रकालाई कर्मचारीले खटाउने र डिउटिमा खटन पटन गराउने ।
७) जिल्ला संचालनका लागि नेतृत्व दिइएको जस्तै प्रत्यक क्वारेन्टाइन, आइसोलेसनमा जिम्मेवारी प्रदान गर्ने (क) स्वास्थ्यकर्मी जसले स्वास्थ्यको हेर विचार गर्छ (ख) व्यवस्थापन जसले खाना, पानी र सरसफाईको व्यवस्थापन गर्दछ (ग) सुरक्षा जसले सुरक्षा र आवश्यक पर्दा अन्य काममा सहयोग गर्दछ ।
८) मुख्य क्षेत्र वा नेपालगञ्ज बाहिर रहेका कर्मचारी, विध्यार्थीहरुलाई नेपालगञ्ज आउने वातावरण मिलिउने र काम गर्ने लाई प्रोत्साहान तथा काम गर्न अटेर गर्ने वा नमान्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाहि तथा काउन्सिलहरुलाई कारवाहीको सिफारीस गर्न सम्मको अधिकार प्रदान गर्ने ।
९) भारतबाट आउनेलाई छुट्याए पछि, नेपालगञ्ज भित्रका कम्तिमा १००० जनामा १० जनाको दरले बैज्ञानिक तरिकाले स्याम्पलिङका आधारमा आर.डि.टि र पि.सि.आर प्रविधिबाट परिक्षण र परिक्षण पश्चात नतिजा अनुसार काममा फर्कने, तरकारी तथा फलफुल, खाद्य तथा अन्य आवश्यक सामान विक्री वितरण गर्नदिने ।
१०) ठुला र अत्यावश्यक उद्योगका कर्मचारीलाई परिक्षण र त्यस पश्चात उद्योग भित्रनै खाना, पानी र बस्ने व्यवस्था सहित उद्योग खोल्न अनुमति ।
११) हालका लागि महेन्द्रबहुमुखी क्याम्पस, मंगल प्रसाद मा.वि., धम्बोझि मा.वि.व ठुला विद्यालयमा व्यवस्थित बनाउन जरुरी रहेको छ ।
१२) संधिय र प्रदेश सरकार संग आवश्यक मात्रामा पि.पि.ई, टेस्ट किट, मास्कहरु, तथाफोहर व्यवस्थापनकालागि अटोक्लेभ र टेक्निकल सहयोगको माग गर्ने ।
१३) ठुला होटलहरुलाई न्युनतम सुविधा र सरकारी रेट अनुसार स्वास्थ्यकर्मी तथा कोरोना व्यवस्थापनका लागि खटिने कर्मचारीलाई खाने तथा बस्ने वातावरण बनाउने, सहयोग नगर्ने होटल तथा व्यवसायीलाई व्यवसाय संचालन अनुमति रद्ध गर्ने ।
१४) क्वारेन्टाइन÷आइसोलेसन संचालनका लागि खाना, पानी र रासनका लागि चामल, दाल, नुन, तेलका निम्ति ठुला मिल र उद्योग र ठुला व्यवसायी संग हात खोल्न अनुरोध गर्ने र त्यस पश्चात अपुगका निम्ति सरकारले एकै पटक ठुलो मात्रामा एकै पटक खरिद गर्ने ।
१५) हाल, एम्बुलेन्स सेवानिकै चुनौतिपुर्ण रहेको छ । भ्यान, जिप जस्ता गाडीहरु जस्का विरामी र ड्राइभर बस्नै ठाँउ छुट्याउने नमिल्ने गाडीहरुलाई एम्बुलेन्स संचालनगर्ने अनुमतिले चुनौति थप भएको हो त्यसैले यस्तो छुट्यान मिल्ने गाडीहरुलाई मात्र विरामी बोक्नदिन र अन्य एम्बुलेनसलाई छुट्याउन लागाउने त्यसो गर्न नमिल्नेलाई हालका लागि सेवा बन्द गर्ने ।
Congratulations