१३ माघ २०८२, सोमबार

ईस्तियाक राईको जातियताको नाममा बाकेको चुनाव जित्ने तयारी

एसीपी संवाददाता

८ कार्तिक २०७९, मंगलवार ११:३५ मा प्रकाशित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट बर्खास्त भए पनि नेपालगंजमा मन्त्रीकै हैसियतमा आफूलाई प्रस्तुत गरिरहेका बाँके २ का उम्मेदवार इस्तियाक राईले चुनावी अभियानका नाममा समाज नै विभाजन हुनेगरी प्रचार प्रसार गरेको पाइएको छ । उनको क्षेत्रमा मुस्लिम समुदायको बसोबास छ । आफै पनि मुस्लिम हुन् । उनले हिन्दुलाई तह लगाउन मुस्लिम जित्नुपर्ने भन्दै आफ्ना समर्थकलाई भोट माग्न खटाएको खुलेको हो ।

कार्यकर्ता तथा समर्थकहरुले मुस्लिम समुदायको विकासमा लागि भोट दिनुपर्ने, हिन्दुको शासन यहाँ नचल्ने भन्दै मुस्लिममा हिन्दुप्रति नकारात्मक भावना सिर्जना गराउँदै हिँडेका हुन् । मतदाता भेट्न नै हिन्दु मुस्लिमको नारा दिएका कार्यकर्ताले बेला – बेला नेपालगंजमा हिन्दुहरुको मूर्ति बिसर्जनमा दंगा गराउने, साम्प्रदायिक हिंसासमेत भड्काउँदै आएका छन् ।

अहिले चुनावको बेला चाँडबाँडहरु परेको र जसमा मुस्लिमहरुले दंगा गराउन सक्ने भन्दै प्रशासनले सतर्कता बढाएको छ । साम्प्रदायिक दंगा चुनावी अभियानको अस्त्र बन्ने खतरा रहँदा इस्तियाकका कार्यकर्ता र समर्थकले यो दंगा गराउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

यद्यपि इस्तियाकले आफ्नो सामाजिक सञ्जालमा भने धार्मिक सदभाव कायम गरौ भनेर अर्ती दिने गरेका छन् । चुनाव जित्न मुस्लिमहरुमा हिन्दुप्रति वैरभाव बढाउने इस्तियाकको टिम सक्रिय छ भने अर्कोतिर बाहिर आफू सदभावको पक्षमा रहेको ढोंग इस्तियाकले रचेका छन् ।

मालदार मन्त्रालयको नेतृत्व सम्हाले पनि आफ्नो क्षेत्रका लागि सिन्को नभाचेका इस्तियाकले कुनै एजेण्डा नभएपछि धर्मका नाममा समाज विभाजन गरी जनप्रतिनिधि बन्ने दाउमा लागेका छन् । जसले बाँकेमा चिन्ता बढाएको छ । प्रशासनले सतकर्ता बढाएको छ । नेपालपाना बाट –  साभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x