१२ कार्तिक २०८३, बुधबार

गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : गच्छदार

एसीपी संवाददाता

२४ फाल्गुन २०७८, मंगलवार १३:३८ मा प्रकाशित

नेपाली कांगेसका केन्दीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यक्ता भएको प्रष्ट पारे।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले गठबन्धन दलहरुको सुझबुझअनुसार मूलुक ठूलो दुर्घटनाबाट जोगाउन साथै एमसिसी संसद्बाट पास गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे।

उनले मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै विगतमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले संविधान निर्वाणमा १६ बुँदे सम्झौता गरेको जानकारी दिए।

नेता गच्छदारले एमसिसी विशुद्ध विकास परियोजना भएको चर्चा गर्दै गठबन्धन दलहरुले पार्टीको स्वार्थभन्दा माथि उठी यसलाई पास गराउन सहयोग पुर्‍याएको धारणा व्यक्त गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x