डा.केसीद्धारा प्रधानमन्त्रीलाई साधारण माग पूरा गरिदिन अनुरोध

१२ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले प्रधानमन्त्री ओलीलाई भनेका छन्, ‘यो साधारण माग छ, पूरा गरिदिनुस् ।

डा.केसीको समर्थनमा माइतिघरमा प्रदर्शन
प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान बनाउने सहमति भएर चिकित्सा शिक्षा अध्यादेशमा आएपछि कार्यान्वयन नभएको डा. केसीले बताए । ‘कर्णाली प्रतिष्ठन खुलेको ८ वर्ष भइसक्यो, एमबीबीएस कार्यक्रम सुरु हुन सकेको छैन’ उनले भने, प्रदेश २ र ४ मा पनि निर्माण सुरु हुनुपर्ने हो ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका थुप्रै फाइल रोकेको भन्दै उनले आयुक्तहरुको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताए । आफ्ना अरु माग पनि साधारण रहेको भन्दै उनले सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
नेविसंघ द्वारा अनसनरत डा.गोविन्द केसीका मागमा ऐक्यवद्धता
डा.केसी ११ औं दिन अनशनमै,वीरगन्जका चिकित्सकहरूको समर्थन
माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने डा. केसीले बताएका छन् ।
सरकारले सम्झौताहरु कार्यान्वयन गर्नुको साटो उल्लंघन गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । ओली प्रधानमन्त्री भएको बेला पाँचौं पटक सत्याग्रह बसेका उनले भने, ‘तपाईंको कार्यकालमा उपलब्धि भएको छैन, बरु भएको गुम्ने अवस्था छ । हामी अनसन बसेकै बेलामा (चिकित्सा शिक्षा) ऐन ल्याउँदा पनि जनतामुखी बुँदा हटाएर माफियामुखी बुँदा ल्याउने काम भयो ।’
डा. केसीले ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ नगरपालिका-६ स्थित बाबिरामष्ट मन्दिरमा २९ भदौमा अनशन थालेका थिए । आठौं दिनमा जुम्ला छाडेका उनी हाल शिक्षण अस्पतालमा छन् र, उनको स्वास्थ्य कमजोर बन्दै गएको छ । श्रोत अनलाइनखबर



