१२ कार्तिक २०८३, बुधबार

नारी शक्ति पुरस्कार’बाट सम्मानित आरती रानालाई भव्य स्वागत

एसीपी संवाददाता

७ चैत्र २०७८, सोमबार १७:०३ मा प्रकाशित

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशको लखिमपुर खिरीमा जन्मिएकी आरती राना ‘नारी शक्ति पुरस्कार’बाट सम्मानित भएकी छन्। सन् २०२० का लागि उनले उक्त पुरस्कार पाएकी हुन्। नारी दिवसको अवसरमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले उक्त पुरस्कार आरतीलाई प्रदान गरे। महिला सशक्तीकरणमा पुर्‍याएको योगदानलाई कदर गर्दै सरकारले नारी शक्ति पुरस्कार आरतीलाई प्रदान गरेको हो।

उत्तर प्रदेशको ग्रामिण भेगमा बस्ने आरतीले घरेलु उद्योगको माध्यमबाट महिला सशक्तीकरणमा टेवा पुर्‍याएकी छन्। उनले कार्पेट, ब्याग र हस्तकलाका सामग्रीहरु उत्पादन गर्दै आएकी छन्। उनले त्यस क्षेत्रका करिब ८ सय महिलाहरुलाई आत्मनिर्भर बनाउन योगदा पुर्‍याएकी छन्। उनी थारु हाथ कर्गा घरेलु उद्योगको अध्यक्षसमेत हुन्।

 

खिरीमा भब्य स्वागत
नारी शक्ति पुरस्कारबाट सम्मानित भएकी आरती रानालाई ग्राम बेलापरसुआमा भव्य स्वागत गरिएको छ। होलीको अवसरमा आयोजित समारोहमा उनलाई भव्य स्वागतग गरिएको हो। त्यसका क्षेत्रका थारु समुदायका अगुवाहरु र नेपालबाट समेत केही थारु अगुवाहरुको उपस्थितिमा आरती रानालाई भव्य स्वागत गरिएको थियो। नेपालबाट गीतकार समेत रहेका सुवेश कठरियालगायतको उपस्थिति रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x