१७ आश्विन २०८३, शनिबार

नेपालगञ्ज–७ मा नेपाली कम्युनिष्ट पार्टीको प्रथम एकता बैठक सम्पन्न, फिरोज खानको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन

एसीपी संवाददाता

१८ आश्विन २०८३, आईतवार ००:१५ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगञ्ज, असोज १८ — नेपाली कम्युनिष्ट पार्टी नेपालगञ्ज उपमहानगरपालिका–७ को प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध भएका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागितामा बैठक सम्पन्न भएको हो।

शेर पठानको अध्यक्षतामा आयोजित कार्यक्रममा ७५ जनाभन्दा बढी स्थानीय नेता, कार्यकर्ता तथा नवप्रवेशी सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वडा तहमा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

बैठकमा वैचारिक तथा राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउँदै स्थानीय जनताका समस्या, आवश्यकता र सरोकारलाई प्राथमिकतामा राखेर पार्टीका गतिविधि सञ्चालन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

कार्यक्रमका क्रममा विभिन्न राजनीतिक दलबाट नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गरिएको थियो। सहभागीहरूले वडा नम्बर ७ मा संगठनलाई थप चलायमान बनाउँदै जनतासँग प्रत्यक्ष जोडिएर राजनीतिक तथा सामाजिक गतिविधि अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसैबीच, बैठकले वडा तहको पार्टी संगठनलाई संस्थागत स्वरूप प्रदान गर्न फिरोज खानको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ। नवगठित कमिटीले पार्टीको नीति तथा सिद्धान्तअनुसार संगठन विस्तार, जनसम्पर्क तथा जनसेवामूलक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाएको बताइएको छ।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी, पार्टीका नेता–कार्यकर्ता तथा नवप्रवेशी सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले संगठन विस्तारसँगै स्थानीय जनताका सवाल र समस्यामा सक्रिय भूमिका निर्वाह गर्ने धारणा राखेका थिए।

बैठकले आगामी दिनमा वडा नम्बर ७ मा राजनीतिक प्रशिक्षण, जनसम्पर्क तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने निष्कर्ष निकालेको बताइएको छ।

नेपाली कम्युनिष्ट पार्टीकी लुम्बिनी प्रदेश सदस्य मदिरा पाण्डेले पार्टी संगठन विस्तारसँगै जनताका दैनिक समस्या र सरोकारका विषयलाई केन्द्रमा राखेर गतिविधि अघि बढाइने बताउनुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x