१ श्रावण २०८३, शुक्रबार

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

एसीपी संवाददाता

१५ आश्विन २०७७, बिहीबार ०७:११ मा प्रकाशित

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विहीबार उपचाररत् कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-४ का ५२ बर्षीय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका-८ का ७५ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज-४ का ५२ बर्षीय पुरुषले असोज १० गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । १२ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनलाई रेमडिसिभिर औषधि समेत दिइएको थियो । उनको विहीबार विहान साढे पाँच बजे मृत्यु भएको जानकारी दिनुभयो । मृतकको दुवै फोक्सोमा निमोनिया भएको थियो ।

त्यस्तै लडेर घाइते भएपछि उपचारका लागि अस्पताल ल्याइएकी सुर्खेत भेरीगंगा नगरपालिकाकी महिलालाई कोरोना संक्रमण देखिएको थियो । असोज ६ गते अस्पताल भर्ना भएकी उनको कोरोना परीक्षण गर्दा ८ गते रिर्पोट पोजेटिभ आएको थियो । तत्काल उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारकै क्रममा विहान १ बजे मृत्यु भएको हो । उनी दम र मृगौला रोगबाट पीडित थिइन् । उनको असोज १२ गते मृगौलाको डाइलासिस समेत गरिएको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । भने बाहिरी जिल्लाबाट आइ भर्ना भएर उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x