मक्का सुरक्षा सम्झौताले नेपाललाई पनि चुनौती छ ?
एजेन्सी – मक्का सुरक्षा सम्झौताले नेपाललाई पनि चुनौती बढेको अनुमान हुन थालेको छ ।
बदलिँदो सुरक्षा समीकरणमा नेपालको कूटनीतिक सन्तुलन कति सुरक्षित होला भन्ने रणनीति बारे बहस हुन जरुरी छ ।
नेपालमा अहिले तिब्बत बाट आएको बाढीपहिरोबाट समस्या ग्रस्त भए पनि अन्य देशले आ आफ्नो रणनीति र सम्झौता गर्दैछ्न । उद्दार कार्य सङै नेपाल सरकारले अन्तर्राष्ट्रिय मामिलामा ध्यानाकषिर्त गरेकै छ । यता
मध्यपूर्वमा नयाँ सुरक्षा ध्रुव निर्माणको प्रयासले दक्षिण एसियाको भू–राजनीतिमा समेत प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ।
खास गरेर पाकिस्तानको संलग्नताका कारण यसको असर भारत हुँदै नेपालसम्म अप्रत्यक्ष रूपमा पर्न सक्ने देखिन्छ। विशेषगरी खाडी मुलुकमा कार्यरत नेपाली श्रमिक, रेमिट्यान्स, ऊर्जा मूल्य, हवाई तथा व्यापारिक मार्गमा अस्थिरता आए नेपाल प्रभावित हुन सक्छ । यो सङै पाकिस्तान अमेरिका र चाइनाको एउटा् सैन्य अखाडाको रूपमा प्रयोग हुँदै आएको छ पाकिस्तान अधिनस्त एक्कुपाइ कस्मिरमा विभिन्न चिनियाँ प्रोजेक्ट रहेको छ अर्को तर्फ अमेरिका सेना माथी पुर्ण रूपमा कब्जा जस्तै छ । नेपाल कहिले पनि चीन र अमेरिका हालीमुहाली गर्ने देश हैन हरेक छिमेकी समान्य ब्यवहार गरेको ईतिहास छ ।
मुख्य चुनौती बदलिँदो क्षेत्रीय शक्ति सन्तुलनमा भारत, चीन, पाकिस्तान तथा खाडी राष्ट्रहरूसँग सन्तुलित कूटनीति कायम गर्नु हो।


