८ आश्विन २०८३, बिहीबार

अपाङ्गता तथा फरक क्षमता भएका ब्यक्तिहरुलाई नेपालगन्जमा ट्राईसाईकल ( हाते साईकल ) सहयोग गरिएको छ।

एसीपी संवाददाता

१० भाद्र २०८०, आईतवार १९:४७ मा प्रकाशित

कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले एक कार्यक्रमको आयोजना गर्दै आईतबार उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो। नेपाल एकीकृत बिकास परियोजना अन्तरगत ३० जना अपाङ्गता तथा फरक क्षमता भएका ब्यक्तिहरुलाई ट्राईसाईकल ( हाते साईकल ) बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधरले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी पुर्ब मन्त्री मो. इश्तियाक राई, क्लबका प्रमुख संरक्षक प्रबेज अलि सिद्दिकी लगायतले अपाङ्गता तथा फरक क्षमता भएका ब्यक्तिहरुलाई सो हाते साईकल हस्तान्तरण गर्नुभयो । पुर्बमन्त्री राईले यो सहयोगले अपाङ्गता भएका ब्यक्तिहरुको दिनचर्यालाई सहज गर्नुका साथै यसको प्रयोगले आय आर्जनमा समेत टेवा पुरयाउने बताउनुभयो। पुर्बमन्त्री राईले यस्ता सहयोगहरु सानो देखिएतापनी यसले अपाङ्गता तथा फरक क्षमता भएकाहरुको दैनिक जीवन सरल बनाउन ठूलो भुमिका खेल्ने बताउनुभयो। परियोजनाकी संयोजक बिनिता आर.सी. ले नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ब्यक्तिहरुलाई ट्राईसाईकल ( हाते साईकल ) सहयोग गरिएको जानकारी दिनुभयो। क्लबका संरक्षण अधिकृत गुलाम गौसले संचालन गर्नु भएको कार्यक्रममा क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, सल्लाहकार सिराज खान, सल्लाहकार नरेन्द्र थापा, सल्लाहकार राकेश मिश्रा लगायतको उपस्थिती रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x