१३ कार्तिक २०८३, बिहीबार

अमेरिकी एमसिसि बारेमा किन झुठो हल्ला मच्चाउने प्रचण्ड अब विपक्षमा किन

एसीपी संवाददाता

२३ माघ २०७७, शुक्रबार ०८:५८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् ।

बिहीबारको आम हड्तालको अनुगमनका क्रममा नेता-कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले रोकेका थिए । त्यही विषयमा शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले संवैधानिक निकायहरुमा भएको असंवैधानिक नियुक्तिविरुद्ध आम हड्ताल गरेकाले अरु नारा नलगाउन भनेको बताए ।

‘पार्टीले गठन गरेको कार्यदलले एमसीसीबारे सुझाव दिएको, तर यही गर्ने भनेर अन्तिम निर्णय नभइसकेको बताए । उनले अघि भने, ‘म एमसीसीको समर्थनमा गएँ, नीति बदलेँ भनेको होइनँ । अस्ति अमेरिकी राजदूतसँग कुरा गर्दा पनि मैले परिमार्जन गर्ने सम्भावना छ कि छैन ? परिमार्जन जरुरी छ भनेको छु । अनलाइनखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x