१२ कार्तिक २०८३, बुधबार

असोज ३ गते थारुवान मोर्चाले कालोदिवसको रुपमा मनाउने

एसीपी संवाददाता

१२ भाद्र २०७८, शनिबार १८:१६ मा प्रकाशित

असोज ३ गते नेपालको ईतिहासमा जहाँ संविधान दिवसका रूपमा मनाउने गरिन्छ भने अहिले थरुहट थारुवान मुक्ति मोर्चाका सयोजक लक्ष्मण थारुले असोज ३ गते संशोधन दिवस , कालोदिवसको रूपमा मनाउने निर्णय गरेको समाजिक सन्जाल मार्फत एसीपीन्युजलाई जानकारी दिएका छन । अहिले थारुवान मोर्चा राजधानीमा धर्ना कार्यक्रम समेत गरेको हो । आफ्न नेता कार्यकर्ता माथी लगाईएको झुठो मुद्दा खरिज गर भन्दै आन्दोलनरत रहदै आएको छ । टीकापुर घटनाको अघि विभिन्न मधेस केन्द्रित नेता अहिलेका जसपा अध्यक्ष उपेन्द्र यादव , अर्का नेता राजेन्द्र महतो सहितले सम्बोधन गरेका थिए । त्यसको भोलिपल्ट टीकापुरमा घटना भयो तर राजेन्द्र महतो , महन्थ ठाकुरले थारुहरु मुद्दा  सहयोग गरे जस्तो लाग्छ तर मधेसमा अर्का नेता उपेन्द्र यादव थारु नेता माथि गरिएकोमा अन्यायका बारेमा एक शब्द बोलेका छैनन् अहिले उनी सत्तामा मन्त्री बन्ने दाउमा छन के यादवले रेशम चौधरी सहितको मुद्दा उठाउलन र भन्ने प्रश्न रहेको छ ? सत्तामा रहेको विभिन्न पार्टी मैन बत्ति बाल्ने र विभिन्न कार्यक्रम गर्ने गरेका तेहि स्थानमा देशमा रहेका अल्पसंख्यक , जनजाति , मधेसी , दलित लगाएत जातीहरु आफुलाई ठगेको महसुस गरेका छन । सत्तारूढ दल संविधान दिवस मनाउदा विभिन्न पीडित मौन बस्नु या बिरोध गर्न बाध्य छन । उक्त पीडित समुदाय मध्य एक हुन थारु समुदाय जसको जर जमिन जङ्गल कब्जा गरि अहिले कमैयाको जीवन बिताउन बाध्य छन । कुनै थारु समुदाय विभिन्न स्थानमा राजा महाराजा जसलाई थारु भासामा बडघर भनिन्छ हुने गर्थे तर खस मानशिकता बोकेकाहरुका कारण कमैया बनाईयो । उनिहरुले अधिकार माग्दा अहिले सासद जस्तो सम्मानित पदका रेशम चौधरी जस्तो नेतालाई जेलमा थुनिएको छ भने मोर्चा सयोजक रहेका लक्ष्मण थारु लगाएत थुप्रै नेता कार्यकर्तालाई दोसि बनाई जेल सजाय तोकेको छ । केही महिना पहिले मधेस केन्द्रिय नेता राजेन्द्र महतोले भनेका थिए यदि रेशम चौधरी दोशी हो भने नेपालमा १४ हजार भन्दा बढी नेपाली नागरिकको हत्याका आरोपि माओवादी केन्द्र पार्टीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डलाई पनि जेल हुनु पर्‍यो । तर यहाँ न्याय दिने वाला कोई छैन । तसर्थ अहिले थारुहरु आन्दोलनरत रहेका छन । उनीहरु थप संघर्सका लागि आफुहरु तयार रहेको बताउदै आएका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x