उपेन्द्र यादव र बाबुरामका कारण जसपामा भुकम्प जाने खतरा
बिभिन्न मधेशी दल र बाबुराम भटट्राईको नेतृत्वमा रहेको तत्कालिन जनशक्ती पार्टी एकिकरण भएको केहि दिनमै बिष्फोट हुने अवस्थामा आएको छ । जनता समाजवादी पार्टी नेपाल जसपा भित्रको विवाद चरम सिमामा पुगेको एक जना नेताले बताएका छन् । बिवादले पार्टीको एकता अहिले छताछुल्ल भएर बाहिर आएको छ । पार्टी एकिकरण भएकै दिनबाट शिर्ष नेताहरु बीच बिवाद भएको थियो । निर्वाचन कार्यालयमा दिएको एकिकरणको माइनटमा समेत टिपेक्स लागेको कारण यो बिवाद थपिदै जाने थियो ।
जसपाका शीर्ष नेताहरूभित्र मेल हुन नसकेपछि पार्टी फुटको नजिक पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईसँग मिलेर पूर्व राष्«िटय जनता पार्टीका पर्व नेताहरुलाई राजनीति सखाप पार्ने गरी भुमिका खेली रहेको तत्कालिन राजपाका एक जना नेता बताएका छन् । अहिले जता ततै प्रतिनिधी बिघटन बिरुद्ध हुन आमसभामा उपेन्द्र र बाबुराम जसपामा हाबी भएका छन् । यी दुई नेताहरूको निर्देशनमा पूर्व राजपाका नेताहरूलाई अवसरबाट बञ्चित गराउने गरिएको छ ।
यसैबीच, पूर्वरापजाका नेताहरूलाई मात्रै बोलाएर राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय कार्यसमितिले काठमाडौंमा वृहत विद्यार्थी भेलाको आयोजना गरेको छ । उक्त भेलामा यादव र भटट्राईको नाम गायब भएको छ । पुर्ब राजपाका नेताहरु यादव र भटट्राई तस्वीर पनि पोस्टरमा राख्न पनि मन ्पराएनन् ।
उपेन्द्र यादवले केपिओली बिरुद्ध आन्दोलन चर्काउने भन्दै चीनबाट करौडौं रकम लिएको खुलासा बिभिन्न संचारमाध्यमहरुमा भए पश्चात दबाव बढदै गएको हो । भेलामा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव र अनिल झालाई मात्रै बोलाइएको छ ।
उनीहरूलाई प्रमुख वक्ताका रुपमा राखिएको छ । केही समय अगाडि सिरहामा भएको कार्यक्रममा उपेन्द्रले रेणु यादवलाई प्रमुख अतिथि बनाएर राजकिशोर यादवलाई जुनियर नेताहरूभन्दा तल आसन ग्रहण गराएपछि राजकिशोरसहितका उनको समूहले कार्यक्रम बहिस्कार गरेको थियो । सिरहा घटनाबाट पूर्व राजपाका नेताहरू झस्किएका छन् ।
उपेन्द्रले पार्टीभित्र निरंकुशता लाद्दै आएका छन् ।
उपेन्द्रको त्यही व्यवहारले गर्दा उनको पार्टी पटक पटक फुट्ने गरेको छ । बाबुराम पनि एउटा पार्टीमा लामो समय टिकेर बस्न सक्दैनन् । यसै बीच जनता समाव वादी पार्टीका केहि नेताहरु प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारी रहेको छ । यो भन्दा चालिस र ६० प्रतिशतले मान्यता पाउने गरी राष्«िटपति भएको ब्यवस्थाका बेला धन्नै जसपा फुटेको थियो त्यसमा एक जना बाँकेका सासदको नाममा पैसा लिएर ्िमलाउन खोजेको आरोप समेत लागेको थियो । अहिल ती मध्यकै केहि नेताहरु प्रधानमन्त्री केपि ओलिको सम्पर्कमा हनु सक्ने र भित्रभित्रै गृहकार्य भइरहेको एक जना नेताले बताएका छन् ।


