कांग्रेसद्वारा दलित समुदायका नेतालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी
नेपाली कांग्रेसले दलित समुदायका नेतालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दलित नेता डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रदेशको आन्तरिक मन्त्रालय भनेको केन्द्रको गृह मन्त्रालयजस्तै हो । डोबाटेलाई शुक्रबार मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको १४ पुसको सिफारिसबमोजिम विश्वकर्मालाई मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीका प्रवक्ता तथा उपसचिव रामेश्वर अर्यालले जानकारी दिए ।
‘१६ गते आन्तरिक आन्तरिक मामिलामन्त्री माननीय डोबाटे विश्वकर्माज्यूले गण्डकी प्रदेश सरकार, आन्तरिक मामिला मन्त्रालयको कार्यभार सम्हाल्नुभएको व्यहोरा जानकारीको लागि अनुरोध छ,’ प्रदेश सरकारले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।


