काका धेरै रिसाउनु भयो ; अब चीन बाट भुमी फिर्ता हुने पक्का
नेपालको भूमि अतिक्रमण गर्ने चिनियाँ अतिक्रमणप्रति खड्गप्रसाद शर्मा ओली निकै आक्रोशित छन् । नेपाल सँधै स्वतन्त्र थियो र उत्तरी छिमेकीले यसलाई आफ्नो अधीनमा पार्ने सबै प्रयासलाई विफल पार्नेछ। नेपालका सबै राजनीतिक नेताहरू गहिरो निद्राबाट ब्यूँझनुपर्छ र उत्तरी छिमेकीको नेपाली भूमि अतिक्रमण गर्ने दुष्ट मनसायको एकमतले विरोध गर्नुपर्छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत मै टुंगिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रूपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदन लाई गुपचुप राखेर छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशङ्का र अविश्वास पैदा गर्ने काम गरिरहेको बताएका छन ।
हुम्ला को लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण र १२ नम्बर सीमा स्तम्भ चीनले एकतर्फी पुनःनिर्माण गरे पछी हुम्ला मा व्यापक बिरोध हुदै आएको थियो । बिरोध भए पछी सीमास्तम्भ अध्ययन गर्न सरकार ले सीमा अध्ययन टोली गठन गरेको थियो ।


