कैलापाल हस्पिटल एण्ड कलेजका प्रबन्ध निर्देशक सञ्जय सिंहलाई मातृशोक, सोमबार कलेजमा शोक बिदा
दिनेश ठाकुर, नेपालगन्ज, २३ असोज — कैलापाल हस्पिटल एण्ड कलेज प्रा. लि., नेपालगन्ज, बाँकेका प्रबन्ध निर्देशक सञ्जय सिंहकी ममतामयी माताको असामयिक निधन भएको छ। उहाँको निधनप्रति कलेज परिवारले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
कलेज प्रशासनले शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै भगवान्सँग प्रार्थना गरेको जनाएको छ।
माताको निधनप्रति शोक व्यक्त गर्दै कैलापाल हस्पिटल एण्ड कलेजले आगामी सोमबार, २६ असोजमा शोक बिदा दिने निर्णय गरेको छ।
कलेजका क्याम्पस प्रमुख दीपक कुमार शर्माद्वारा जारी सूचनाअनुसार उक्त दिन कलेजमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीका लागि शोक बिदा रहनेछ।
प्रबन्ध निर्देशक सिंहकी माताको निधनले कलेज परिवार शोकमा परेको छ। यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।



