२४ आश्विन २०८३, शनिबार

श्री मा.वि. शाहपुर्वाका अवकाश प्राप्त प्र.अ. खाँलाई बिदाइ, नवनियुक्त प्र.अ. लाई स्वागत

एसीपी संवाददाता

२४ आश्विन २०८३, शनिबार १४:०९ मा प्रकाशित

नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित श्री माध्यमिक विद्यालय, शाहपुर्वाको अवकाश प्राप्त प्रधानाध्यापक बद्रे आलम खाँलाई आज बिदाई तथा सम्मान गरिएको छ ।

अवकाश प्राप्त प्रधानाध्यापक खाँले ४० वर्ष १ महिना २१ दिन अवधी पुरा गरेको अवसरमा श्री माध्यमिक विद्यालय, शाहपुर्वाले शुक्रबार आयोजना गरेको औपचारिक कार्यक्रमका बिच फुलमाला र मायाको चिनो सहित दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरिएको हो ।

सोहिबिच कार्यक्रममा नवनियुक्त प्रधानाध्यापक सफीक खाँलाई फुलमाला सहित दोसल्ला ओढाएर बधाई तथा स्वागत गर्दै पद हस्तान्तरण गरेका छन ।

डुडुवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत आठौं सञ्जय कुमार कर्णको प्रमुख अतिथी र डुडुवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति राम एकबाल मण्डलको विशिष्ट अतिथिमा सम्मान तथा विदाई कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा अवकाश प्राप्त प्रधानाध्यापकलाई बिदाई गर्दै डुडुवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत आठौं सञ्जय कुमार कर्णले पुरानो पुस्ताको शैक्षिक अनुभव र नयाँ पुस्ताको जोश–जाँगरले शैक्षिक संस्थाहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन मद्दत पु¥याउने बताउनुभयो

अवकाश प्राप्त प्रअ. खाँले आफ्नो शैक्षिक अनुभव सङ्ग्रहित गरी नयाँ पुस्तामाझ ल्याउनुपर्नेमा जोड दिए । उहाँले पुरानो पुस्ताको शैक्षिक अनुभव र नयाँ पुस्ताको जोश जाँगरले शैक्षिक संस्थाहरूलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन मद्दत पुर्‍याउने बताए ।

विद्यालयका शिक्षक खुमराज बोहोराले सञ्चालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुन्नु खाँ पठानले समापन गरेको कार्यक्रममा विभिन्न मदरसा, गुरुकुल र विद्यालयका प्रधानाध्यापकद्वयहरु, शिक्षक, अभिभावक, विद्यार्थी तथा कर्मचारीको बाक्लो सहभागी रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x