१० कार्तिक २०८१, शनिबार

गुल्मी कालीगण्डकी गाउँपालिकामा ३८ औं मगर दिवस सम्पन्न

एसीपी संवाददाता

१६ फाल्गुन २०७६, शुक्रबार ०९:२२ मा प्रकाशित

   अमृत भट्टराई / कालीगण्डकी , गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालीका ले ३८ औं मगर दिवस तथा दोस्रो कालीगण्डकी मगर दिवस विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरेर आफ्नो दोस्रो कालीगण्डकी मगर दिवस मनाएको छ । नेपाल मगर संघ केन्द्रीय सदस्य गीत सारु मगर को प्रमुख अतिथि मा सञ्चालन भएको कार्यक्रममा विशिष्ट कालीगण्डकी गाउँपालीका प्रमुख वेद थापा मगर रहनुभएको थियो । कार्यक्रममा कालीगण्डकी गाउँपालीका का ७ वडा मगर संघका प्रमुख , जनप्रतिनिधि , विभिन्न विद्यालयका प्रमुख , स्थानीय लगाएको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गीत सारुले पछिल्लो समय मगर जातिलाई सरकारले अगाडि बढाउन लागि कुनै किसिमको काम नगरेको बताइन् अब मगर सबै एक भएर आफ्नो माग राख्न पर्ने बतउनुभएको थियो । साथै स्थानीय कलाकार को प्रस्तुति सँगै मगर समुदायको कौडा, सालैजो, झ्याउरे, ङ्गगे नाच्न , पन्चेबाजा , झाकी प्रस्तुत गरिएको मगर समाज कालीगण्डकी का अध्यक्ष चित्र बहादुर रानाले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x