गृहमन्त्री बादलले पुर्ब प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई चिडियाखानामा थुन्ने भने पछि खैलाबैला
नेपाल कम्युनिस्ट पार्टी नेकपा यतिबेला विभाजित छ । नेकपा एकता हुनुअघि गृहमन्त्री रामबहादुर थापा बादल र पुष्पकमल दाहाल प्रचण्ड एकदमै निकट हुन् ।
एकतापछि समेत बादल र प्रचण्डबीचको निकता कायम नै थियो । उसो त जनआन्दोलनका मुख्य सहकारी समेत प्रचण्ड र बादल नै हुन् ।
तर, अहिले नेकपा विभाजित भएपछि उनले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गर्नै चेतावनी दिएका छन्।
केही समय अगाडि राजधानीका युवा तथा विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन साहाकारी मात्रै भएर नहुने, आफूले मांसाहारी आन्दोलन चाहिने बताएका थिए।
भारतबाट पुनः नेपालको लागि कोरोना विरुद्धको २२ लाख डोज खोप कोभिशिल्ड आउने
त्यसकै जवाफमा ओली समूहले शुक्रबार राजधानीमा आयोजना गरेको आमसभामा गृहमन्त्री थापाले चिडियाखाना हाल्ने चेतावनी दिएका हुन् ।
विभाजन हुनुअघि समेत प्रचण्डसँग निरन्तर सम्बन्धमा रहेका गृहमन्त्री बादलले प्रचण्डमाथि यसरी प्रहार गर्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
गृहमन्त्री बादलले ओलीपक्षबाट अरु सबैलाई विस्थापन गर्दै ओलीपछि आफ्नो सिट सुनिश्चित गर्न प्रचण्डविरुद्ध प्रहार गरेको हुनसक्ने बुझिएको छ । नेपाल पाना


