१२ कार्तिक २०८३, बुधबार

चिनियाँ कम्युोनिस्टि पार्टी पूरै दुनियाका लागि खतरा हो कसले भन्यो ?

एसीपी संवाददाता

१३ मंसिर २०७८, सोमबार ०८:५२ मा प्रकाशित

१३ गते मङ्सिर २०७८ । कम्युनिस्ट शासनको बलमा विश्वलाई नै नेतृत्व गर्ने स्थितिमा पुगेको चीनको कम्युनिस्ट पार्टीविरुद्ध आवाज उठ्न थालेको छ।

नागरिकमात्र होइन पार्टीका पूर्वनेता समेत चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको शासनको विरोधमा उत्रिएका छन्। राष्ट्ररपति सीलाई माफिया बोस नाम दिने कट्टर आलोचक काई शियाले एकपटक फेरि चिनियाँ कम्यु्निस्ट पार्टीमाथि हमला बोलेकी छिन्।

चीनको प्रसिद्ध सेन्ट्रल पार्टी स्कूलको पूर्व प्रोफेसर तथा कम्युनिस्ट पार्टीको नेता रहिसकेकी शियाले देशको वर्तमान शासन र शासकको आलोचना गरेकी हुन्। अमेरिकाले चीनविरुद्ध दोब्बर गतिमा कडा कदम उठाउन आवश्यक रहेकी उनले बताएकी छन्।

उनी भन्छिन्, ‘चिनियाँ कम्युोनिस्टि पार्टी पूरै दुनियाका लागि खतरा हो।’ अमेरिकी टिभी च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा शियाले ट्रम्प प्रशासनले चिनियाँ मोबाइल कम्पनी हुवावेविरुद्ध गरेको कारवाहीको समर्थनसमेत गरिन्।

अमेरिकाले हुवावे राष्ट्रिरय सुरक्षाका लागि खतरा भन्दै प्रतिबन्ध लगाएको छ। नेतृ शियाले चीनका शीर्ष अधिकारीविरुद्ध प्रतिबन्ध लगाउन पनि अपिल गरिन्। साथै उनले कम्युशनिस्टब पार्टीको दुनियाभरका संस्थाधहरुमा ‘घुसपैठ’ र राष्ट्र पति सीको सर्वाधिकारवादी विचारको प्रवर्द्धन रोक्नका लागि एक ठाउँमा आउन विश्वा समुदायलाई आह्वान गरेकी छिन्।

काई शियाले चीनको कम्युिनिस्टन पार्टीको उद्देश्य अमेरिकाको आधुनिक मानवताको स्वुतन्त्र र मुक्ता तथा लोकतन्त्र पर आधारित व्यमवस्थानको सट्टा आफ्नो व्य वस्थाक लागू गर्नु भएको बताइन्। काई शियाले केही दिनअघि मात्रै राष्ट्रपति सी माफिया बोस बन्ने कोशिशमा रहेको आरोप लगाएकी थिइन्। राष्ट्रपतिको आलोचना गरेपछि उनलाई पार्टीबाट निकालिएको थियो।

पार्टीबाट निकालिएपछि उनी पछिल्लो एक वर्षयता अमेरिकामा बस्दै आएकी छिन्। केही दिनअघि द गार्डियन पत्रिकासँगको कुराकानीमा उनले राष्ट्रपति सीको शक्ति असीमित रहेको बताएकी थिइन्। देशभित्र उनको कसैले पनि विरोध गर्न नसकिरहेको बाध्यता उनले सुनाएकी थिइन्।

चीन र अमेरिकाको टकरावमा चीनले पुरै दुनियाँलाई आफ्नो दुश्मन बनाएको र यो सबै देशका समस्याहरुबाट जनताको ध्यान डाइभर्ट गर्न रचिएको उनले बताइन्। यसकारण एक रणनीति अन्तर्गत यस्तो गरिएको हो। नेतृ शियाले कोरोना महामारीका लागि चीन जिम्मेवार रहेको बताइन्। वुहानबाट फैलिएको महामारीले देश र पूरै दुनिया प्रभावित भएको र क्षति भएको उनको भनाई छ। मृत्युको आँकडा पनि चीनले लुकाएको शियाको दावी छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x