२९ माघ २०८२, बुधबार

चिनियाँ सरकारको हेपहा नीति, बाढीपीडित लाई सहयोग गर्न गएको जहाँज फिर्ता पठायो किन ?

एसीपी संवाददाता

२५ असार २०८२, बुधबार १२:४७ मा प्रकाशित

काठमाडौँ —अनुमतिबिना चिनियाँ आकाशमा पुगेपछि चिनियाँ भूमिमा ‘फोर्स ल्यान्डिङ’ गराइएको नेपाली सेनाको हेलिकप्टर फिर्ता आएको छ ।

भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टरलाई चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै ‘फोर्स ल्यान्डिङ’ गराएका थिए ।

सेनाका अधिकारीहरुले भने ‘प्राविधिक कारण’ हेलिकोप्टर चीनतर्फ अवतरण गराइएको बताउँदै आएका छन् । मंगलबार बिहान भोटेकोशीमा अचानक आएको बाढीपछि चीनतर्फ रोकिएका करिब १५० जना नेपालीलाई उद्धार तथा सुरक्षित स्थानतर्फ लैजान हेलिकोप्टर गएको थियो ।

चिनियाँ पक्षले ‘फोर्स ल्यान्डिङ’ गराएको घटनाबारे नेपालको स्थानीय प्रशासनले गृह मन्त्रालय, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थिए । इकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x