चिनीयाँ राजदुतको दौडधुपपछि ओलीले संसद विघटन गरेका हुन् ?
चिनीयाँ राजदुतको दौडधुपपछि ओलीले संसद विघटन गरेको खुलासा, यस्तो छ नालीबेली
काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीको दौडधुपपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको खुलासा भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत यान्छीको सल्लाहले नै नेकपाका अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले संसद विघटन गरेको खुलासा भएको हो । शनिबार ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न एका बिहानै खुमलटार पुगेका थिए ।
प्रचण्डसँगको वर्ता सकिएलगतै ओली पुलचौक पुगी गृहमन्त्री राम वहादुर थापा ‘वादल’, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ सँग भेटवर्ता गरेका थिए ।
यी नेताहरुसँगको भेटवर्तासँगै दिउँसो ओली राष्ट्रपती बिद्यादेबी भण्डारीसँग भेट्न शितलनिवास गएका थिए । भण्डारीसँगको भेटपछि ओली वालुवाटार फर्केका थिए । सोही दिनको राती ९ बजेर १० मिनेट जाँदा चिनियाँ राजदूत यान्छी ओलीलाई भेट्न वालुवाटार पुगेकी वालुवाटार स्रोतले जनाएको छ ।
ओलीसँगको भेटवर्तामा राजदूत यान्छीले प्रचण्ड-माधवले कम्युनिष्ट एकता धरापमा पारेको तथा कम्युनिष्ट आन्दोलन कम्जोर पारेको आरोप लगाएकी थिइन् । साथै राजदूत यान्छीले कम्युनिष्ट आन्दोलन बलीयो बनाउन कडा कदम चाल्न आग्रह गरेकी थिइन् ।
कम्युनिष्ट आन्दोलन बलीयो बनाउन तपाइले नै कडा कदम चाल्नु पर्छ ।’ राजदूत यान्छीको भनाई उदृत गर्दै वालुवाटार उच्च स्रोतले जनाएको छ । यान्छीको भनाई नेकपा तत्काल फुटाएर नयाँ कम्युनिष्ट पार्टी बनाउनु वा संसद विघटन गरेर अगाडी बढ्नु थियो । यान्छीको यस्तो आग्रह तथा सुझावपछि ओलीले आफु निकट नेताहरुसँग छलफल गरि संसद विघटन गरेको बझिएको छ । नेपालपाना बाट


