१४ मंसिर २०८०, बिहीबार

चीनबाट नेपाली विद्यार्थी फिर्ता ल्याउने भनी सरकारको पत्राचार

एसीपी संवाददाता

१८ माघ २०७६, शनिबार ०५:२७ मा प्रकाशित

माघ १८ एजेन्सी
नेपाल सरकारले नोवल कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसको सहजीकरणका लागि चीन सरकारलाई पत्र पठाइएको जानकारी दिए । तर फर्किएकालाई ‘आइसोलेसन’ मा राख्ने व्यवस्था नेपालले सुनिश्चित गरेपछि मात्र चीनले अनुमति दिनेछ ।
मन्त्री ज्ञवालीले विद्यार्थी फिर्ता ल्याएर आइसोलेसनमा राख्न केही अस्पतालमा प्रबन्ध मिलाइरहेको जानकारी दिए । ‘विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको स्थितिलाई लिएर विश्वव्यापी संकटकाल घोषणा गरेपछि थप तदारुकतासाथ नेपाली विद्यार्थी फिर्ता गर्ने पहलमा हामी जुटेका छौं उनलेे परराष्ट्रमार्फत चीन सरकारलाई पत्र लेखेका हौं ।’ गम्भीर संक्रमणको सम्भावना रहेका बेला विद्यार्थी फिर्ता ल्याएर तत्काल आइसोलेसनमा राख्न नसके थप खतरा बढ्ने भएकाले सरकारले प्राथमिकतामा राखेर घरफिर्तीको समन्वय गरिरहेको उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x