१२ कार्तिक २०८३, बुधबार

चीनले किन दियो ताईवान माथी हमला गर्ने धम्की : प्रवेश गरायो लडाकु विमान

एसीपी संवाददाता

८ आश्विन २०७८, शुक्रबार २३:३६ मा प्रकाशित

८ गते असोज २०७८ शुक्रबार । ताइवानले ११ देशहरुको प्यासिफिक ट्रेड ग्रुपमा सदस्यता को लागी आवेदन दिने घोषणा गरेपछि चीनले बिहीबार आफ्नो शक्ति प्रदर्शन गरी १९ लडाकु विमानहरु ताइवानतिर पठायो। चीनले पनि प्यासिफिक ट्रेड ग्रुपको सदस्यताका लागि निवेदन दिएको छ।

ताइवानको रक्षा मन्त्रालयले आफ्नो वक्तव्यमा चिनियाँ विमानहरुको जवाफमा उनीहरुले आफ्नो वायु गस्ती बल तैनाथ गरेको र त्यसले चिनियाँ विमानहरुको पीछा गरेको उल्लेख गरेको छ। चिनियाँ लडाकुहरु विमानमा १२ जे–१६ र दुई जे–११ विमानहरु थिए।

त्यसमा केही बमवर्षक विमान र एक पनडुब्बी विनाशक विमान रहेको बताइएको छ। गत वर्षदेखि चीनले लगभग दैनिक ताइवानमा लडाकु विमान पठाइरहेको छ।

चीन ताइवानद्वारा लिईएको कुनै पनि राजनीतिक कदमलाई उसको सार्वभौमसत्ताको उल्ल्लंघन भएको मान्छ र यस्तो कारबाही जारी राख्दछ। तर यसलाई ताइवानमा सैन्य दबाब दिने चीनको प्रयासका रुपमा हेरिएको छ।

चीन र ताइवानबीचको पछिल्लो विवाद

ताइवानले बिहीबार ट्रान्स–प्यासिफिक पार्टनरशिपका लागि व्यापक र प्रगतिशील सम्झौताको सदस्यताका लागी आवेदन दिएको बताएको छ। उसको यो कदमसँगै चीनसँगको टकराव बढ्ने अनुमान गरिएको थियो।

सीपीटीपीपी एशिया प्रशान्त क्षेत्रमा एक प्रमुख व्यापार सम्झौता हो। चीनले केही दिनअघि यस संगठनको सदस्यताका लागि आवेदन दिएको थियो। अब ताइवान पनि यो संगठनको सदस्यता चाहन्छ।

जे होस्, ताइवानलाई थाहा छ त्यहाँ दुई देशसँगै रहने अवस्था छैन। उसले चीनले पहिले सीपीटीपीपी सदस्यता पायो भने यसको सदस्य बन्ने ताइवानको सम्भावना खतरामा पर्ने भन्दै चेतावनी दिएको छ।

बिहीबार जापानी समाचार एजेन्सी क्योडोले जापानका विदेश मन्त्री तोशिमित्सु मोटेगीलाई उद्धृत गर्दै उनले सीपीटीपीपीको सदस्यताका लागी ताइवानको आवेदनको स्वागत गरेको जनाएको छ। यस मामिलामा जापानले ताइवानको साथ दिएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x