८ कार्तिक २०८१, बिहीबार

टि–२० क्रिकेट फर्मेटबाट सधैको लागि विदा भए,

एसीपी संवाददाता

२१ असार २०८१, बिहीबार ०९:५५ मा प्रकाशित

क्रिकेटको दुई महारथी एक साथ टि–२० क्रिकेट फर्मेटबाट सधैको लागि विदा भए, अव उनीहरु कहिल्यै पनि टि–२० क्रिकेट फर्मेटमा देखिने छैनन् ।
भारतीय कप्तान रोहित शर्मा र किंग कोहलीबाट प्रख्यात रहेका विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका हुन् ।
शनिबार राति टी–२० विश्वकपको उपाधि जितेसँगै रोहितले टी–२० फर्मेटका अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे । दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्ष यताको उपाधि खडेरी तोड्दै टी–२० विश्वकपमा दोस्रो उपाधि जितेको थियो ।
बार्बाडोसमा पोस्ट म्याच प्रेस कन्फरेन्समा कप्तान शर्मा र म्यान अफ द म्याच घोषित हुँदै गर्दा कोहलीले संन्यासको घोषणा गरे । दुवैले संन्यासका लागि यो भन्दा उत्तम समय नभएको बताएका थिए । ‘टी–२० अन्तर्राष्ट्रियमा यो मेरो अन्तिम खेल थियो । यो फर्मेटबाट बिदा हुनका लागि योभन्दा राम्रो समय अरु हुन सक्दैनन् । मैले यही फर्मेटबाट भारतीय क्रिकेट टिममा खेल्न सुरू गरेको थिए । म उपाधि जित्न चाहन्थेँ,’ रोहितले भने ।
कोहलीले जारी विश्वकप पछि आफूहरूले संन्यास लिने विषय ओपन सेक्रेट जस्तै भएको बताएका थिए । ‘अब अर्को पुस्तालाई पालो दिने बेला भयो । हामीसँग उत्कृष्ट खेलाडीहरू थुप्रै उत्पादन भएका छन्, जुन भर्खरै सकिएको आइपिएलमा पनि देखियो । अब भारतलाई यसभन्दा अगाडि लैजाने जिम्मा तिनै खेलाडीहरूको हो,’ कोहलीले भने ।
रोहित शर्मा जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने खेलाडीको दोस्रो नम्बरमा परे । उनले ८ खेलबाट २५७ रन बनाएका छन् । रोहित शर्माको नाममा टी–२० आईमा सबैभन्दा बढी रन बनाउने खेलाडीको कीर्तिमान पनि छ । उनले १५९ वटा खेलबाट ४ हजार २३१ रन बनाएका छन् ।
साथै भारतीय क्रिकेट टिमका प्रमुख कोच राहुल द्रविडले पनि भारतीय टिमबाट विदा लिए । अब आफनो परिवार संग बसेर घरपरिवारलाई समय दिने भन्दै सधैको लागि कोच पदबाट विदा लिएको बताइएको छ ।
यसैगरी अलराउण्डर रहका रबीन्द्र जाडजाले पनि टि–२० क्रिकेट फर्मेटबाट सन्यासको घोषणा गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x