१ श्रावण २०८३, शुक्रबार

मानव तस्करीविरुद्ध नेपाल–भारतका सरोकारवालाको प्रतिबद्धता

एसीपी संवाददाता

८ कार्तिक २०८१, बिहीबार १०:०० मा प्रकाशित

विश्वव्यापी रूपमा देखिएको मानव तस्करी रोकथामका लागि एकल प्रयासभन्दा संयुक्त प्रयास आवश्यक रहेकोसमेत औँल्याएका छन्। संयुक्त प्रयासबाट मात्रै रोकथाम आवश्यक रहेकाले भावी दिनमा नेपाल–भारतका अधिकारी, सरोकारवालाबिच समन्वय, छलफल गर्नुपर्नेमा जोड दिएका छन्।

रिड संस्थाका प्रतिनिधि इन्द्रेश लोहनीले नेपाल–भारतमा अझै पनि मानव तस्करी नरोकिएको बताए । उनले पछिल्ला वर्षहरूमा मानव बेचबिखन न्यूनीकरण भए पनि पूर्ण नभएको बताए । भारतमा रिडसहितका सरोकारवालाले मानव बेचबिखन रोकथामका लागि प्रयास गरिरहेको बताए । ‘अहिले आफ्नैबाट समेत महिला, बालबालिका जोखिममा परेका छन्,’ उनले भने, ‘मानव बेचबिखन रोकथामका लागि दुवै देशका सरोकारवाला थप चनाखो बन्नुपर्छ ।’ उनले मजदुरी, रोजगारीको बहानामा बेचबिखन भइरहेको बताए। उनले गरिबीका कारण पनि अवैध मानव तस्करी भइरहेकाले सचेतना आवश्यक रहेको बताए।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले पछिल्ला वर्षहरूमा मानव तस्करीको ट्रेन्ड परिर्वतन भएको बताइन् । उनले गरिबीदेखि सामाजिक सञ्जाल, रोजगारीको प्रलोभन देखाउने अनेकन बहानाबाजी गरेर अभिभावकबाटै तस्करीको जोखिम बढेको बताइन् । ‘मानव तस्कर समूहले बालिका, किशोरी महिलाको अभिभावकलाई कन्भिन्स गर्छन्,’ उनले भनिन्, ‘स्वयं अभिभावकलाई समेत आफ्नै सन्तान बेचबिखनको जोखिम थाहै हुँदैन, यस्तो अवस्थामा रोकथामदेखि उद्धारमा जोखिम हुन्छ।’

नेपालबाट भारतका कोठीहरुमा बेचिएकी महिलाको उद्धारका लागि भारतीय प्रहरीसहितका सरोकारवालाको सहयोग आवश्यक रहेको बताइन् । लामो समयदेखि भारतका विभिन्न सहरबाट जोखिममा परेका महिलाको उद्धार गरेकी माइती नेपालकी संयोजक भट्टले आगामी दिनमा समेत भारतीय पक्षबाट जोखिममा परेका महिलाको उद्धारमा सहयोग आवश्यक रहेको बताइन् ।

उत्तराखण्ड प्रहरी एएचटियूका इन्चार्ज सइ लक्ष्मणसिंह कठायतले आफ्नै अभिभावकदेखि नातेदारबाटै महिला बेचबिखनको जोखिममा पर्दै आएको बताए । उनले आफूहरूले सकेजतिका रोकथाम गर्दै आएको र भावी दिनमा समेत रोकथाम गर्दै जाने बताए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का असइ विशाल शर्माले मानव तस्कर समूहले नेपाल–भारतमा सामाजिक नेटवर्क बनाएर तस्करी गर्ने भएकाले उक्त नेटवर्क तोड्नुपर्ने बताउँदै आफूहरूले सीमा क्षेत्रमा मानव तस्करी रोक्न प्रतिबद्ध रहेको बताए ।

चम्पावतका जिल्ला अधिकारी अनिल पाण्डेले विगतदेखि दुवै देशका सरकारी एवं गैरसरकारी निकाय मानव बेचबिखन रोकथामका लागि सक्रिय रहेकाले केही कम भएको बताए । ‘प्रविधिबाट बालबालिका बचाउनुपर्छ, समाजका हरेक व्यक्ति यस विषयमा सचेत हुनुपर्छ,’ उनले भने, ‘मानव बेचबिखनजस्तो जघन्य अपराधमा हामी दुवै देश प्रतिबद्धत हुन जरुरी छ ।’ उनले मानव बेचबिखन रोकथामका लागि सीमादेखि गाउँस्तरसम्मै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले मानव बेचबिखन अपराधविरुद्धमा एकजुट भएर खटिए तस्कर समूह निरुत्साहित हुने उनको भनाइ छ ।  सिद्धार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x