१ श्रावण २०८३, शुक्रबार

डा.केसीको समर्थनमा प्रदर्शन गर्ने युवा,प्रहरीको नियन्त्रणमा

एसीपी संवाददाता

१० आश्विन २०७७, शनिबार १२:५७ मा प्रकाशित

फाइल तस्बिर

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइको छ ।

डा.केसीले प्रधानमन्त्रीलाई साधारण माग पूरा गरिदिन अनुरोध

डा.केसीले प्रधानमन्त्रीलाई साधारण माग पूरा गरिदिन अनुरोध

शनिबार माइतिघरमा डा केसीको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारीले नाराबाजी गरेपछि प्रहरीले केहि युवाहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रदर्शनकारी ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको ओलीको तस्बिर अंकित पोस्टरसहित विरोध गर्न माइतिघर पुगेका थिए ।

डा.केसीको समर्थनमा माइतिघरमा प्रदर्शन

डा.केसीको समर्थनमा माइतिघरमा प्रदर्शन

डा. गोविन्द केसीको समर्थनमा युवाहहरू ’हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा’, ’दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका विभिन्न नारा लेखेका प्लेकार्डसहित प्रस्तुत भएका थिए ।

डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरेको उनीहरुले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x