२८ भाद्र २०८३, आईतवार

हिन्दुहरुले धर्मनिरप्रेक्षलाई जिताउन छोड्नेवाला छैनन्

तारा रेग्मी खत्री

२८ भाद्र २०८३, आईतवार १२:५२ मा प्रकाशित<

तारा रेग्मी खत्री , नेपालगन्ज

हुन त यी हिन्दुहरुलाई यी कुरा भन्नु भैंसीको कानमा सनाई फुक्नु जत्तिकै हो । धर्मनिरप्रेक्षलाई जिताउन छोड्नेवाला छैनन् ।

राजनितिरुपि भूत लागेका जनता भूत लागेकै मान्छे जस्तै भएका छन् आफ्नो परिचय र अस्तित्व भुलेका। तर,पनि लाखौँ मध्ये एकलाई मात्र बुझाउन यो लेखेको हुँ ।

हुन त बुझेर नि काम छैन, ढिला भइसक्यो

ऐतिहासिक रूपमा १०० प्रतिशत हिन्दू तथा बौद्ध राजा-महाराजाहरूले शासन गरेको बङ्गाल (हालको बङ्गलादेश) कसरी आज मुस्लिम बहुल राष्ट्र बन्न पुग्यो भन्ने इतिहास नेपालका लागि एउटा गम्भीर चेतावनी र पाठ हो। इतिहास साक्षी छ— राजा शशाङ्क, सेन राजवंश र देव राजवंश जस्ता महान् हिन्दू शासकहरूले शताब्दीऔँसम्म बङ्गालमा शासन गरे र ढाकेश्वरी मन्दिर जस्ता भव्य धार्मिक धरोहरहरूको निर्माण गरे। तर, १३ औँ शताब्दीमा बख्तियार खल्जीको आक्रमणसँगै सुरु भएको राजनीतिक फेरबदल, सुफी मुस्लिमहरुद्वारा सुदूर गाउँसम्म फैलिएको सामाजिक-आर्थिक प्रभाव, र निरन्तरको जनसंख्पया बृद्दीले गर्दा केही शताब्दीभित्रै सम्पूर्ण भूगोलको धार्मिक स्वरूप पूर्ण रूपमा बदलियो।

बङ्गालको यो जनसाङ्ख्यिकीय र सांस्कृतिक परिवर्तन कुनै एकै दिनमा भएको थिएन। शासकहरूको असावधानी, आन्तरिक फूट, सुदूर सीमावर्ती क्षेत्रहरूमा तीव्र रूपमा भएको जनसङ्ख्या वृद्धि, र बाह्य धार्मिक प्रभावलाई समयमै रोक्न नसक्नुका कारण हिन्दू बहुल भूमि बिस्तारै मुस्लिम राष्ट्रमा परिणत हुन पुग्यो। इतिहासको यो भयानक यथार्थले के देखाउँछ भने, कुनै पनि देश वा भूगोलमा बहुसङ्ख्यक धर्म र संस्कृति सधैँका लागि सुरक्षित रहन्छ भन्ने निश्चित हुँदैन , यदि त्यसको संरक्षणमा राज्य र नागरिक सचेत बनेनन् भने।

आज नेपाल पनि त्यस्तै जनसाङ्ख्यिकीय र धार्मिक सांस्कृतिक फेरवादलको जोखिमपूर्ण मोडमा उभिएको देखिन्छ। नेपालमा धर्मनिरपेक्षताको लागु तथा राजनैतिक स्वार्थका कारण भइरहेको जनसाङ्ख्यिकीय असन्तुलन, विशेष गरी तराईका जिल्लाहरूमा तीव्र गतिमा भइरहेको मुस्लिम जनसङ्ख्या वृद्धि, र संगठित धर्मान्तरणका गतिविधिहरूले भविष्यमा ठूलो सङ्कट निम्त्याउने सङ्केत गरिरहेका छन्।

यदि नेपालका शासकहरू, राजनीतिक दलहरू र आम नागरिकले बङ्गलादेशको विगतको इतिहासबाट बेलैमा पाठ सिकेर आफ्नो मौलिक सनातन धर्म, संस्कृति सुरक्षामा ठोस कदम चालेनन् भने, कुनै समय १०० प्रतिशत हिन्दू शासकहरू रहेको बङ्गालको नियति भोलि नेपालमा पनि दोहोरिन सक्ने भयानक सम्भावनालाई नकार्न सकिँदैन।

नेपालमा राजनीतिक वृत्तले जनताहरुलाई नास्तिकवादी, समाजवादी, धर्मनिरपेक्षवादी, मार्क्सवादी, प्रगतिवादी, भौतिकवादी, तर्कवादी, विदेशवादी, बिज्ञानवादी, अस्तित्ववादी, अराजकतावादी, शून्यवादी (निहिलिस्ट), प्रत्यक्षवादी र संशयवादी जस्ता विचारहरू अपनाउन, बुझ्न र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सनातनी जनताहरुको मनमा रहेको धार्मिक आध्यात्मिक आस्थालाई ध्वस्त पार्ने कार्यमा उत्प्रेरित गरिरहेको हामी स्पष्ट रुपमा देख्न सक्दछौं भने उता विदेशबाट आयातित क्रिश्चेन मुस्लिमले भने निकै उग्र रुपमा देशको कुना काप्चामा आफ्नो संजाल बिस्तारमा लागिपरेको पनि हामीले देखेका छौं | यता जनताहरुलाई नास्तिकवादी सोचमा बहकाएर उता विदेशी धर्महरुको गढ बनाउने ठुलै सहकार्य भइरहेको देखिन्छ |

नेपालमा धर्मनिरपेक्षताको घोषणा कुनै स्वाभाविक सामाजिक परिवर्तन वा आन्तरिक आवश्यकता थिएन, बरु यो त देशको हजारौँ वर्ष पुरानो सनातन हिन्दू सभ्यता, किरात परम्परा र बुद्ध दर्शनलाई जरैदेखि उखेलेर फ्याँक्ने एक भयावह र अदृश्य सांस्कृतिक युद्धको सुरुआत थियो। विदेशी शक्तिहरू, वैदेशिक वित्तीय सहायता (INGOs), र पश्चिमा रणनीतिकारहरूको योजनामा नेपाली राजनीतिज्ञहरूलाई मोहरा बनाएर थोपरिएको यो नीतिले विश्वको एकमात्र हिन्दू राष्ट्रको पहिचानलाई समाप्त मात्र पारेन, नेपालको मौलिक धर्म र अस्तित्वमाथि नै कालजयी सङ्कट निम्त्याइदियो। राष्ट्रिय संविधान निर्माणका क्रममा लाखौँ नागरिकले ‘हिन्दू राष्ट्र’ र ‘धार्मिक स्वतन्त्रता’ को पक्षमा स्पष्ट र बुलन्द आवाज उठाएका थिए, तर बाह्य एजेन्डा र डलरको प्रभावमा अन्धो बनेका नेताहरूले जनमतको घोर अपमान गर्दै रातारात यो घातक सिद्धान्तलाई देशमा लागु गरे। आफ्नै वैदिक धरोहर र पशुपतिनाथको पावन भूमिलाई विदेशी सिद्धान्तको प्रयोगशाला बनाउने राजनीतिक नेतृत्वको यो विदेशी मानसिकताले नेपाली राष्ट्रियताको मुटुमै प्रहार गरेको छ।

धर्मनिरपेक्षताको आवरणभित्र राजनीतिक दलहरूले सुरु गरेको तुच्छ ‘भोटबैंकको राजनीति’ ले नेपालका गाउँगाउँ र कुनाकाप्चासम्म धर्मान्तरणको विशाल र भयानक सञ्जाल फैलाउन शतप्रतिशत बाटो खोलिदिएको छ।हिन्दु रक्षक बिश्वकै शक्तिशाली हिन्दु राजसंस्थालाई त जरै देखि उखलेर फाल्न सम्म भ्याए। अल्पसङ्ख्यक र धर्मान्तरित समुदायको भोट एकीकृत गरी सत्ताको कुर्सी जोगाउने दाउमा नेताहरूले देशका गरिब, अशिक्षित र सीमान्तकृत नागरिकहरूलाई आर्थिक प्रलोभन, स्वास्थ्य उपचारको भ्रम र झुटा आश्वासन देखाएर सामूहिक रूपमा धर्म परिवर्तन गराउने गिरोहहरूलाई पूर्ण संरक्षण दिएका छन्। कानुनी फितलोपन र राज्यको मौनताको फाइदा उठाउँदै सनातन संस्कृतिलाई ध्वस्त बनाउने षड्यन्त्र तीव्र पारिएको छ। यसका साथै, नेपालका प्राचीन गुठी व्यवस्थाहरूलाई ध्वस्त पार्ने प्रयास, हजारौँ वर्ष पुराना मन्दिर र मठ-मन्दिरहरूको जग्गा अतिक्रमण, र हाम्रा महान् चाडपर्व तथा जात्राहरूलाई विस्थापित गर्ने योजनाबद्ध प्रयासहरूले नेपालको मौलिक पहिचानलाई मृत्युको संघारमा पुर्याएको छ।

यो स्थिति केवल धार्मिक परिवर्तनमा सीमित नरही नेपालको भौगोलिक सुरक्षा र अस्तित्वकै लागि एक विनाशकारी महासङ्कट बनेर उभिएको छ। विशेष गरी तराईका सुदूर सीमावर्ती क्षेत्रहरू र सुगम ग्रामीण बस्तीहरूमा तीव्र रूपमा भइरहेको जनसाङ्ख्यिकीय फेरबदल र विदेशी संस्थागत गतिविधिहरूले भविष्यमा धार्मिक र जातीय द्वन्द्वको भयानक विस्फोट गराउने निश्चित छ। जुन देशको मूल सांस्कृतिक जग नै उखेलिन्छ, त्यो देशको स्वाधीनता र भौगोलिक अखण्डता लामो समयसम्म कायम रहन सक्दैन। राजनीतिक नेताहरूको अदूरदर्शिता, वैदेशिक गुलामी र स्वार्थका कारण आज नेपाल आफ्नै भूमिमा शरणार्थी बन्ने, मौलिक संस्कृति पूर्णतः लोप हुने र देश एकाएक अर्कै धार्मिक तथा रणनीतिक क्रीडास्थलमा परिणत हुने भीषण विनाशको सङ्घारमा उभिएको छ |

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x