१ श्रावण २०८३, शुक्रबार

डा.केसीको समर्थनमा माइतिघरमा प्रदर्शन

एसीपी संवाददाता

९ आश्विन २०७७, शुक्रबार १३:०५ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बस्नुभएका डाक्टर गोविन्द्र केसीको पक्षमा शुक्रबार पनि काठमाडौंको माइतिघरमा प्रदर्शन गरिएको छ ।

‘सोलिडारिटी फर डा. केसी एलायन्स’ ले केसीको समर्थनमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले माइतिघरको मुख्य क्षेत्रमा प्रवेश लागि भने रोक लगाएको थियो । उनीहरुले अदालतले समेत विरोधमा रोक नलगाएको अवस्थामा काठमाडौं सिडिओको मौखिक निर्देशनमा माइतिघरको मुख्य क्षेत्रमा प्रवेशमा रोक लगाएको भन्दै आपत्ती जनाएका थिए ।

नेविसंघ द्वारा अनसनरत डा.गोविन्द केसीका मागमा ऐक्यवद्धता

नेविसंघ द्वारा अनसनरत डा.गोविन्द केसीका मागमा ऐक्यवद्धता

प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीको माग पुरा गर्दै उनको जिवनरक्षाको माग गरेका थिए ।डा. केसीले अघि सारेको कोरोना भाइरस (कोभिड(१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग पुरा गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुको भनाई छ ।

डा.गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने माग सहित प्रदर्शन

डा.केसीमाथि गैरमानबीय ब्यवहार भएको संघको दाबी

विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको थियो । अनसनकै क्रममा उहा काठमाडौं आउनुभएको थियो भने हाल शिक्षण अस्पतालमा सत्याग्रहमा हुनुहुन्छ ।

डा.गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने माग सहित प्रदर्शन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] डा.केसीको समर्थनमा माइतिघरमा प्रदर्श… […]

1
0
Would love your thoughts, please comment.x
()
x