१२ कार्तिक २०८३, बुधबार

तिहारकै मुखमा उपेन्द्र यादवलाई झटका , निर्वाचित प्रतिनिधिले त्यागे पार्टी

एसीपी संवाददाता

२१ कार्तिक २०७८, आईतवार ०२:५८ मा प्रकाशित

२१ गते कात्तिक २०७८ । जनता समाजवादी पार्टी (जसपा) का एकजना निर्वाचित जनप्रतिनिधि तिहारको पूर्वसन्ध्यामा सत्तारुढ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

जसपाबाट विराटनगर महानगरपालिका वडा नम्बर १५ मा निर्वाचित वडाध्यक्ष अस्लम आलम कांग्रेसमा प्रवेश गरेका हुन् । वडाध्यक्ष आलमसहित विराटनगर महानगरपालिका-१७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरुलाई काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले शुक्रबार पार्टीमा स्वागत गरे । पछिल्लो समय जसपामा नेता कार्यकर्ताले छाड्ने क्रम बढेको छ ।

खासगरी अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र यादवमात्रै च्यापेपछि असन्तुष्टि छाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x