८ कार्तिक २०८१, बिहीबार

थरुहट थारुवान आन्दोलन भेला , महिला संयोजकमा लक्ष्मी चौधरी,केशव चौधरीलाई राष्ट्रिय मोर्चा सिरहा संयोजक

एसीपी संवाददाता

२७ माघ २०७६, सोमबार ११:१० मा प्रकाशित

माघ २७ गते । आइतबार सम्पन्न थरुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा “थरुहट थारुवान आन्दोलन” बिषयक भेला तथा अन्तरक्रिया कार्यक्रमबाट केशव चौधरीको सन्योजकत्वमा २१ सदस्य थरुहट थारुवान राष्ट्रिय मोर्चाको सिरहा जिल्ला कमिटी गठन गरेको छ ।साथै लक्ष्मी चौधरीको संयोजकत्वमा १७ सदस्य थरुहट थारुवान राष्ट्रिय महिला मोर्चा सिरहा जिल्ला समिति र साजन चौधरीको सन्योजकत्वमा १५ आदस्य थरुहट थारुवान राष्ट्रिय युवा शक्ति सिरहा समिति बिस्तार गरिएको केन्द्रिय महिला संयोजक प्रेमा थारुले जानकारी दिनु भएको छ ।
त्यसैगरी सप्तरी जिल्लाको कल्याणपुरमा भएको भेला तथा अन्तरक्रिया कार्यक्रमबाट इशु लेखी को सन्योजकत्वमा २५ सदस्य थरुहट थारुवान राष्ट्रिय मोर्चा जिल्ला कार्य समिती , भारती चौधरी को सन्योजकत्वमा २१ सदस्य थरुहट थारुवान राष्ट्रिय महिला मोर्चा राष्ट्रिय मोर्चाको जिल्ला कार्य समिति गठन भएको खबर थरुहट डटकमबाट सभार गरिएको छ  तस्बिर सहित 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x