थारु समुदायको हकअधिकारका लागि एकताका साथ अगाडी बढ्न आवश्यक
आफ्नो हक अधिकारको लागि थारु समुदाय एकमन एकताका साथ अगाडी बढ्न आवश्यक रहेको एक कार्यक्रमका थारु अगुवाहरुले बताएका छन् । थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा आयोजित सम्मान तथा बधाई कार्यक्रममा सहभागि थारु अगुवाहरुले यस्तो बताएका हुन् ।
थारु आयोगका सदस्यमा मनोनयन भएका सुबोध सिंह थारुलाई सम्मान तथा बधाई कार्यक्रममा उनिहरुले थारु समुदायको हक अधिकारका लागि थारु आयोगले निश्पक्ष तरिकाले काम गर्नेमा ढुक्क रहेको बताएका छन् । संविधानमा व्यवस्था भए अनुसार समावेशी र समानताको हकमा समेत पहुँच ल्याउन आवश्यक रहेको थारु कर्मचारी संघ बाँकेका अध्यक्ष जित बहादुर थारुले बताउनुभयो । थारु समुदायको हिटका निम्ती राज्यले टोकेको मापदण्डलाई पुर्ण रुपले पालना गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
थारु समुदायको संस्कृतिक क्षेत्रमा मात्र नभई खेलकुद, शिक्षा, प्रशिक्षण, कर्मचारी, लोकसेवा जस्ता सुविधा पनि दिन आवश्यक रहेको थारु अगुवा पुर्ण चौधरीले बताउनुभयो । थारु समुदायका नागरिकलाई उनिहरुको हकअधिकार, संरक्षण, प्रबद्र्धन र शसक्तिकरणमा जोड दिन सके थारु नागरिक पनि सक्षम हुन सक्ने उनिहरुले जानकारी गराएका थिए । थारु आयोग मार्फत थारु समुदायका पिछडिएका बर्गलाई लक्षित गरि उनिहरुको उजागर गर्न सके थारु आयोगको कामकाजमा पहुच हुन सकिने उनिहरुले बताएका छन् ।

थारु समुदायमा उठान हुन नसकेको कुरालाई प्रथामिकतामा राखी उठान गर्न थारु अगुवा बुद्धिजिवीहरुले शुभकामना व्यक्त गरेका थिए । यस्तै थारु आयोगका सदस्य सुबोध सिंह थारुले राज्यले दिएको कानुन बमोजिम पुर्णरुपले पालना गरि थारु समुदायको हक अधिकारका लागि तदारुकताका साथ लाग्ने जानकारी गराउनुभयो । थारु समुदायमा देखिएको विभेदको अन्त्यका लागि थारु आयोग तयार रहेको उहाँले बताउनुभयो । संविधानमा टेकेर थारु समुदायको लागि कहाँ के गर्ने बारे हरदम साथ रहने उहाँले जोड दिनुभयो ।
थारु समुदायमा देखिएको सिकलसेल एनेमियाको लागि भेरी अस्पतालमा उपचारको प्रंबन्ध मिलाउने थारु आयोगको तयारी समेत रहेको उहाँले जानकारी गराउनुभयो । सम्मान तथा बधाई कार्यक्रममा थारु कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद थारुको अध्यक्षतामा भएको कार्यक्रममा नगरसभापति बासमती थारु, थारु अगुवाबुद्धिजिबी ललिता चौधरी, दिनेश थारु, आरती चौधरी, थारु पत्रकार संघ नेपालका अध्यक्ष भगतराम थारु, पुर्व अध्यक्ष विमला चौधरी, कोषाध्यक्ष जागेश्वर सिंह थारु लगायतले मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन थारु कल्याणकारिणीसभा बाँकेका सचिब शम्भु प्रसाद थारुले गर्नुभएको थियो ।


