द भोईस अफका बिजेता सिडि अधिकारीको “पलाँसको फुलसरि ” भिडियो सार्बजनिक
राम प्रकाश महतो – असोज २५ गते । द भोईस अफ नेपाल सिजन १ का बिजेता सिडि बिजय अधिकारीको पलाँसको फुलसरि भन्ने बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । संचारकर्मी तथा मोडल राजेश बिसीको अभिनयमा निर्मित म्युजिक भिडियोमा सम्पादन दृश्य,निर्देशन उच्च स्तरमा रहेको बताईएको छ ।
उक्त भिडियोमा सिडि बिजय अधिकारीको आवाज रहेको छ भने अधिकारीले नै संगितको निर्देशन गरेका छन् । कोपिला घिमिरेको शब्द रहेको गीत सिडियम म्युजिक क्रियसनको प्रस्तुती रहेको छ । उक्त भिडियो मार्फत माया प्रेमका साथ साथै निसन्तान दम्पतीको कथामा आधारित पारेर निर्माण गरिएको निर्माण टीमले जनाएको छ । गीतमा अभिनय राजेश बिसी बुढाथोकी, बिश्वास बस्नेत र सरला शाहीको रहेको छ भने निर्देशन तथा परिकल्पना प्रमोद डिजीको रहेको छ ।

सुपर स्टार अक्षय कुमारको ‘लक्ष्मी बम’को ट्रेलर सार्बजनिक
भिडियोको छायाँङ्कन केसर पहाडीले गरेका हुन र सम्पादन राम प्रकाश महतोको रहेको छ । बाँके जिल्लाका बिभिन्न स्थानमा छायाँङ्कन गरिएको छ । साथै बाँकेका स्थानिय कलाकारहरुको उत्साह बढाउनका समेत यो म्यूजिक भिडियो हेरेर प्रतिक्रिया र माया गरिदिन भिडिया निर्माण आग्रह गरेका छन् ।




